११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

नौ महिनामा एक हजार बढीको शल्यक्रिया

नौ महिनामा एक हजार बढीको शल्यक्रिया
अ अ+ अ-

बागलुङ। धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा विशेषज्ञ सेवा थपिँदै गएपछि बिरामीको चाप बढ्दै गएको छ ।

अञ्चल अस्पताललाई गण्डकी प्रदेश सरकारले स्तरवृद्धि गरी प्रादेशिक अस्पताल बनाएपछि बिरामीको सङ्ख्यासमेत बढेको हो ।

अस्पतालले चौबिसै घण्टा आकस्मिकसहित साना तथा ठूला शल्यक्रिया र विशेषज्ञ सेवालाई प्रभावकारी बनाउन थालेको छ । दुई वर्ष अगाडिसम्म सामान्य शल्यक्रियाका लागि पोखरा पुग्नुपर्ने बाध्यता रहेकामा अहिले जटिल किसिमका शल्यक्रिया गर्न पनि बिरामी यहीँ आउने गरेका छन् ।

गत साउनदेखि हालसम्म यस अस्पतालमा एक हजार ४३ जनाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिनुभयो ।

एकसय जनाको हाडजोर्नीसम्बन्धी मुख्य अपरेशन, १९ जना आङ खसेका महिलाको शल्यक्रिया, १८ जनाको पित्तथैलीको शल्यक्रिया गरिएको पौडेलले बताउनुभयो ।

एपेन्डिक्सका ३५ बिरामी, हर्नियाका ३५ र पाँच जना हाइड्रोसिलका बिरामीको शल्यक्रिया गरेको उहाँले बताउनुभयो । पौडेलका अनुसार यस अवधिमा मिनिल्याप सम्बन्धी २५, भ्यासेक्टोमी दुई, १७९ जना गर्भवती, इक्टोपिकसम्बन्धी तीन जनाको शल्यक्रिया गरिएको छ ।

त्यस्तै, २०९ जनाको जनरल सर्जरी, हाडजोर्नीसम्बन्धी मध्यम तथा साना शल्यक्रिया १२० र ३९७ वटा विभिन्न रोगका जनरल सर्जरी गरेको उहाँले बताउनुभयो । शल्यक्रिया गरेकोमध्ये १०३ जना बिरामीको दुरबिन प्रविधिबाट शल्यक्रिया गरिएको पौडेलले बताउनुभयो ।

पछिल्लो समय अस्पतालप्रति बिरामीको विश्वास बढ्दै गएपछि चाप बढेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा किरण तिवारीले बताउनुभयो । रासस