११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

वित्तीय पारदर्शितामा सुधारः आइबीपी प्रतिवेदन

वित्तीय पारदर्शितामा सुधारः आइबीपी प्रतिवेदन
अ अ+ अ-

काठमाडौँ। नेपालले वित्तीय पारदर्शिताको क्षेत्रमा क्रमिक सुधार गरेको छ ।

इन्टरनेसनल बजेट पार्टनरसिप (आइबीपी) द्वारा आज प्रकाशित खुला बजेट सर्वेक्षण–२०२५ मा नेपालले ५२ अङ्क प्राप्त गरेको छ । आइबीपीका अनुसार नेपालले सन् २०२३ को तुलनामा सुधार गरेको हो ।

“सरकारले बजेटमार्फत लिने कर, सेवा, ऋणसम्बन्धी नीतिले हरेक व्यक्तिको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ, सार्वजनिक रकम जनहितमा खर्च भएको सुनिश्चित गर्न अर्थपूर्ण सार्वजनिक सहभागिता अपरिहार्य हुने कुरामा प्रतिवेदनले जोड दिएको छ”, प्रतिवेदनमा भनिएको छ । सर्वेक्षण प्रतिवेदनले बजेट खुलासा, बजेट चक्रमा सार्वजनिक सहभागिताको अवसर, र प्रभावकारी सन्तुलन तथा नियन्त्रणका सम्बन्धमा नेपालको वर्तमान अभ्यासको संक्षिप्त चित्र प्रस्तुत गरेको छ ।

नेपालको बजेट प्रक्रियामा नागरिकको सार्वजनिक सहभागिता भने न्यून (२८ अङ्क) रहेको देखाइएको छ । महालेखा परीक्षकको कार्यालयले नागरिक सहभागिताका लागि पर्याप्त अवसर (६७ अङ्क) प्रदान गरे पनि कार्यपालिका र संसदीय क्षेत्रमा भने निकै पछाडि देखिएको छ ।

अनुसन्धानकर्ता तारानाथ दाहालले भन्नुभयो, “सर्वेक्षणबाट प्राप्त तथ्याङ्कहरूको आधारमा गरिएका विभिन्न सुझावहरू समग्रमा वित्तीय क्षेत्रको सुधारका लागि अति नै सान्दर्भिक र महत्त्वपूर्ण छन् । यिनको कार्यान्वयनका लागि सम्बन्धित निकायहरूको ध्यान जानुपर्छ ।”

सार्वजनिक सहभागिता सुधारका लागि परामर्श र नागरिक सुझावको प्रभावकारी सम्बोधन हुनुपर्ने सर्वेक्षणको ठहर छ । प्रतिवेदनका अनुसार, समावेशिता र सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक संलग्नता सम्बन्धी राष्ट्रिय रणनीतिको मर्म अनुरूप तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीतिको सफल कार्यान्वयनमा नै संसदीय जवाफदेहिता र सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नेछ ।

यसका अतिरिक्त, बजेट र लेखापरीक्षणका फाइलहरूमाथि संसदमा हुने सुनुवाइमा नागरिकको सहभागिताको अभ्यास सुरु गर्न समेत सुझाव दिइएको छ । रासस