• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

प्राकृतिक चिकित्सालय स्थापना



भरतपुर महानगरपालिका–४ मा प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको छ । नेट फ्रेस हस्पिटलको नाममा सेवा सञ्चालनमा ल्याइएको हो । प्राकृतिक चिकित्सा विधिबाट बिरामीको उपचार गराइने सो अस्पताल जिल्ला आयुर्वेद अस्पतालसँग १० शैयाको अनुमति लिई केन्द्रीय सरकारसँगको अनुमति प्रक्रियासँगै सञ्चालनमा ल्याइएको सञ्चालकहरुले जनाएका छन् ।

अस्पतालका अध्यक्ष गोविन्द हुमागाईं बिना औषधि प्राकृतिक एवं अन्य प्रविधिबाट बिरामीलाई सेवा दिने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए । हुमागाईंले योग, ध्यान जस्ता आफ्नै मौलिक विधिहरुको स्थापना एवं प्रोत्साहन गर्दै दीर्घरोगको दिगो समाधानका लागि अस्पताल सञ्चालनमा ल्याइएको बताए ।

यस अस्पतालमा ढाड, कम्मर, गर्धन दुख्ने, युरिक एसिड, बाथ, हड्डी खिइएको, नसा च्यापिएको, प्यारालाइसिस, पिनास, टाउको दुख्ने, माइग्रेन, एलर्जी दम जस्ता रोगहरुको उपचार हुनेछ । व्यक्तिको नाममा रहेको तीन बिगाह जग्गा भाडामा लिई अस्पताल सञ्चालनमा ल्याइएको हो । तीनजना चिकित्सकसहितको समूहले रु दुई करोड लगानी गरी आवासीय सुविधासहितको अस्पताल सञ्चालनमा ल्याइएको हो ।

अस्पताल परिसरमा अहिले १६७ जातका जडीबुटी लगाइएको हुमागाई जानकारी दिए । भविष्यमा सात प्रदेशमा नै अस्पताल खोल्ने उद्देश्यका साथ यस नेट फ्रेस हस्पिटल सञ्चालनमा ल्याइएको हो । यस अस्पताललाई केन्द्रविन्दु मानी प्रकृतिक चिकित्साको कलेज खोल्ने योजनाका साथ काम अघि बढिरहेको अस्पतालका प्रबन्ध निर्देशक डा भवानचन्द्र ज्ञवालीले जानकारी दिए ।