१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

‘कर छल्ने व्यवसायीलाई कारवाही गरिने’

‘कर छल्ने व्यवसायीलाई कारवाही गरिने’
अ अ+ अ-

काठमाडौँ । मुलुक समृद्धिको मूल आधार नै कर भएकाले समयमा कर तिर्न सबैलाई आग्रह गरिएको छ । नेपाल व्यापार सङ्घ न्युरोडले आठौँ कर सप्ताहका अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘कर प्रशिक्षण कार्यक्रम’ मा सो आग्रह गरिएको हो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय न्युरोडका प्रमुख डा. रामप्रसाद मैनालीले प्रचलित कानून अनुसार कर नतिर्नेलाई कारवाही गर्ने बताउँदै समयमा बिल, बीजक र कागजपत्र राखेर कारोवार गर्नुपर्नेमा जोड दिए ।

“कर छलेर कारोवार गर्ने व्यवसायीलाई छापा मारेर कडा कारवाही गर्नेछौँ”, उनले भने । नेपाल व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष नरेश कटुवालले सरकारले साना व्यवसायीको हकहितमा काम गर्न नसकेको आरोप लगाउँदै पछिल्लो चरणमा भन्सार सहजीकरण भए पनि व्यवसायीले दुःख पाइरहेकाले भन्सारमा दिइने कर र मूल्य अभिवृद्धि कर (भ्याट) स्पष्ट हुनुपर्ने बताए ।

“व्यक्ति विशेषका लागि कानून बनेको छ, समग्र व्यवसायीका लागि कानून बन्नुपर्यो”, उनले भने । नेपाल व्यापार सङ्घका अध्यक्ष कुमार कार्कीले करको दरभन्दा दायरा बढाउनृतर्फ सरकार लाग्नुपर्ने बताउँदै व्यवसायीले भन्सार क्षेत्रमा भोग्नु परेको समस्याका बारेमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।

विसं २०४७ माघ ४ मा स्थापना भएको नेपाल व्यापार सङ्घले व्यापारीको हकहितमा काम गर्नाका साथै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको सङ्घका महासचिव कृष्ण अधिकारीले जानकारी दिए ।