१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

सांसद खरेलद्वारा आफ्नो नाम जोडेर फैलाइएको ‘फेक न्युज’को खण्डन, कानुनी उपचार लिने चेतावनी

सांसद खरेलद्वारा आफ्नो नाम जोडेर फैलाइएको ‘फेक न्युज’को खण्डन, कानुनी उपचार लिने चेतावनी
अ अ+ अ-

काठमाडाैँ । पूर्वसञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफ्नो नाम जोडेर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रामक समाचार फैलाइएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्।

खरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा आफूविरुद्ध ‘मिडिया ट्रायल’ गरिएको र नियोजित रूपमा फेक न्युज फैलाइएको दाबी गरेका छन्। उनले आफ्ना बारेमा फैलाइएका समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पार्दै त्यस्ता भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

हाल आफू एक कार्यक्रमको सिलसिलामा स्विट्जरल्याण्डमा रहेको उल्लेख गर्दै उनले कुनै पनि गलत काम नगरेको दाबी गरेका छन्। “मैले गल्ती गरेको छैन, त्यसैले कुनै डर पनि छैन,” उनले लेखेका छन्।

खरेलले सत्य तथ्यको खोजी गर्न चाहने जो–कोहीले प्रश्न गर्न र अनुसन्धान गर्न सक्ने भए पनि अन्ततः सत्य नै स्थापित हुने बताएका छन्। आफ्नो इमानदारी नै आफ्नो राजनीतिक यात्राको आधार भएको उल्लेख गर्दै उनले त्यसमा आँच पुर्‍याउने प्रयास सफल नहुने दाबी गरेका छन्।

उनले आफ्नो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्ने उद्देश्यले नियोजित, भ्रामक तथा कपोलकल्पित सामग्रीहरू फैलाइएको आरोपसमेत लगाएका छन्। साथै, यस्ता गतिविधिविरुद्ध कानुनी उपचारको बाटो अपनाउने चेतावनी पनि दिएका छन्।

हाल पछिल्ला दिनमा सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा सार्वजनिक व्यक्तित्वहरूलाई लक्षित गरी गलत सूचना फैलिने क्रम बढ्दै गएको सन्दर्भमा खरेलको यो प्रतिक्रिया आएको हो।