१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

धमाधम विद्यालय गाभिँदै

धमाधम विद्यालय गाभिँदै
अ अ+ अ-

पाल्पा । पाल्पा जिल्लाका सामुदायिक र संस्थागत विद्यालय धमाधम गाभिन थालेका छन् । विद्यार्थी सङ्ख्या न्यून भएका तथा संस्थागत र सामुदायिक विद्यालयबीच हुने विभेद् हटाउनका लागि विद्यालय गाभिएका हुन् ।

अहिलेसम्म २० वटा विद्यालय गाभिएको शिक्षा समन्वय तथा कार्यान्वयन एकाइले जनाएको छ । एकाइ प्रमुख रमेशराज पौडेलका अनुसार शैक्षिक सत्र २०७५ मा एक र २०७६ मा आठ गरी नौ विद्यालय गाभिएका थिए ।

विसं २०७५ भन्दा अगाडि पनि ११ विद्यालय गाभिएको पौडेलले बताउनुभयो । उहाँका अनुसार जिल्लाको पूर्वखोला गाउँपालिकामा पाँच संस्थागत, बगनासकाली गाउँपालिकामा एक÷एक सामुदायिक र संस्थागत, तिनाउ गाउँपालिकामा एक सामुदायिक, रम्भा गाउँपालिकामा एक सामुदायिक विद्यालय गाभिएका छन् ।

तिनाउ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालयलाई यसैवर्ष असोजमा कल्याणी आधारभूत विद्यालयमा गाभिएको छ । यहाँ एक शिक्षकको भरमा विद्यालय सञ्चालन भइरहेको थियो । यस आर्थिक वर्षमा भर्ना भएका विद्यार्थी सङ्ख्या जम्मा छ जना थिए ।उनीहरुलाई एउटै कोठामा राखेर शिक्षण गरिन्थ्यो । यिनीहरु पनि महिना भरीमा बढीमा १० दिन मात्र विद्यालय आउने जाने गरेको पाइएपछि विद्यालय गाभिएको हो ।

   यस शैक्षिक सत्रमा छ जना भर्ना भएका विद्यार्थीमध्ये चार जना एकै परिवारका र बाँकी दुई जना अन्य दुई परिवारका छन् । यिनीहरु सबैलाई बस्ती तल रहेको कल्याणी आधारभूत विद्यालयमा आउन जानको लागि गाउँपालिकाले यातायात खर्चको व्यवस्था गरेको छ । यसै शैक्षिक सत्रको जेठमा बगनासकाली गाउँपालिकामा रहेको नवदुर्गा प्रावि गुडुवाखोला भवानी प्राविमा गाभियो । 

जीवन ज्योति बोर्डिङ स्कुल चिर्तुङ्गधारा विष्णु मावि पोखराथोकमा गाभिएर पठनपाठन हँुदै आएको छ । जीवन ज्योति बोर्डिङमा १५ विद्यार्थी अध्ययनरत थिए । विद्यार्थी सङ्ख्या कम हुन थालेपछि सामुदायिक विद्यालयमा गाभिएको हो ।

रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटमा रहेको सिद्ध प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या एक जना मात्र रहेपछि भवानी प्राविमा गाभियो । यो विद्यालय अघिल्लो शैक्षिक सत्र २०७५ को असारमा गाभिएको हो ।

पूर्वखोला गाउँपालिकामा सञ्चालित पाँच संस्थागत विद्यालय सामुदायिकमा गाभिन पुगेका छन् । गाउँपालिकामा सञ्चालन हुँदै आएका पाँच संस्थागत विद्यालय यसै शैक्षिक सत्रदेखि गाउँपालिकाका सामुदायिक विद्यालयमा गाभिएका हुन् ।

पूर्वखोला बोर्डिङ स्कुल उद्बुद्ध मावि रिङ्नेरह, जोनन इङ्गलिस बोर्डिङ स्कुल गणपति मावि बीरकोट, सरस्वती बोर्डिङ स्कुल सरस्वती मावि जल्पा, माउन्ट भ्यू बोर्डिङ स्कुल शम्भु मावि जल्पा र चिराग बोर्डिङ स्कुल मातृभूमि मावि देविनगरमा गाभिएको छ ।

गाउँपालिकाले गतवर्ष गाउँ शिक्षा सुधार कार्यदल र प्राविधिक कार्यदल बनाएर सरकारी र संस्थागत विद्यालयको अनुगमन गरी प्रतिवेदन तयार पारेर विद्यालय गाभेको हो । गाउँपालिकाभित्र एकै प्रकारको शिक्षा प्रदान गर्ने उद्देश्यले संस्थागतलाई सामुदायिकमा गाभेपछि यहाँका अभिभावक र विद्यार्थीलाई पनि नयाँ शैक्षिक सत्र शुरु भएपछि कुन विद्यालयमा भर्ना हुने भन्नेमा अन्योलता हटेको छ ।

संस्थागत र सामुदायिक विद्यालयको सहमतिमा विद्यालय गाभेर सबै समुदायका बालबालिकालाई एकै प्रकारको शिक्षा दिलाउन समायोजन गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । यहाँ शैक्षिक एकरुपता र गुणस्तरीयताको वृद्धिका लागि सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन शुरु गरिएको छ ।

गाउँपालिकामा ३७ सामुदायिक र पाँच संस्थागत विद्यालय अघिल्लो शैक्षिक सत्रमा सञ्चालनमा थिए । यस शैक्षिक सत्रमा पाँच सामुदायिकमा गाभिएपछि यहाँ विद्यालयको सङ्ख्या ३७ पुगेको छ । पाल्पा जिल्लामा हाल सामुदायिक र संस्थागत गरी ४९१ विद्यालय सञ्चालनमा आएका छन् । यीमध्ये विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएका १०० विद्यालय गाभिने अवस्थामा छन् ।