१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

आन्तरिक पर्यटन मेला फागुन ९ देखि

आन्तरिक पर्यटन मेला फागुन ९ देखि
अ अ+ अ-

काठमाडौं । सरकारले देशमा २० लाख पर्यटक भित्र्याउनका लागि नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेपछि त्यसलाई सघाउ पुर्याउन निजी क्षेत्रबाट पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम शुरु गरिएको छ । यसै सन्दर्भमा गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले ‘पहिला देश, अनि विदेश’ भन्ने मूल नाराका साथ दोस्रो आन्तरिक पर्यटन मेला (डिटीएम २०२०) आगामी फागुन ९ गतेदेखि यहाँ आयोजना गर्ने भएको छ ।

भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना गर्न लागिएको दुईदिने सो मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य, पर्यटकीय उत्पादन र गतिविधिको प्रदर्शन गरिएको १५० व्यापारिक तथा पर्यटकीय गन्तव्य पहिचान गर्ने स्टल राखिने आयोजक संस्थाले जानकारी दिएको छ ।

पर्वतारोहणका लागि चाहिने ट्रेकिङ सामग्री, हस्तकला सामग्री, विभिन्न जिल्लाबाट उत्पादित सामग्री, पर्यटकीय होटलका स्टल, ट्राभल, ट्रेकिङ, एयरलाइन्स, प्याकेज टुरका साथै पर्यटन बजारमा सक्रिय सबै पर्यटन व्यवसायी संस्था टान, हान, नाट्टा, सोट्टो, एनएमए, टुर्गान, नाटोज, नारा, नेफा, नेपाल होमस्टे एशोसिएसन, पाटा नेपाल च्याप्टरलगायत पर्यटकीय प्रतिष्ठानका स्टल रहने गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले बताउनुभयो । मेलाको बाहिरी भागमा देशैभरिका खानाका परिकारहरुको फुडस्टल पनि रहने बताइएको छ ।

मेलामा सहभागीहरुले आफूले चाहेको वस्तु, पर्यटकीय जानकारी तथा अन्य सेवा लिनसक्ने र देशका शीर्षनेता, सङ्घीय सरकारका मन्त्री, अन्य उच्चपदस्थ अधिकारी, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्रीसहित विभिन्न राजनीतिक दलका नेता, सांसद, पर्यटनविज्ञ तथा व्यवसायीको उपस्थितिमा उद्घाटन गरिने उक्त मेलामा लाखौँ दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक माधव सुवेदीले जानकारी दिनुभयो ।
गन्तव्य नेपालले गत वैशाखमा पनि पहिलो आन्तरिक पर्यटन मेलाको आयोजना गरेको थियो ।