१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

राम्चे वनले पर्यटकलाई लोभ्याउँदै

राम्चे वनले पर्यटकलाई लोभ्याउँदै
अ अ+ अ-

पाल्पा । पाल्पा रामपुरको राम्चे सामुदायिक वनमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । रामपुर नगरपालिका–५ स्थित रहेको राम्चे सामुदायिक वन उपभोक्ता समूहले पर्यटकलाई नै मध्यनजर गर्दै विभिन्न संरचना निर्माण गरेपछि आन्तरिक पर्यटनमा वृद्धि आएको छ ।

वन क्षेत्रभित्र वनभोज स्थल मात्रै रहेकामा अहिले दृश्यावलोकन स्तम्भ, ५०० जना अट्ने सभाहल तथा सुविधा सम्पन्न शौचालय, खानेपानी तथा पोखरी निर्माण गरिएको छ । रामपुर बजार आउने पर्यटकहरु कालीगण्डकी बेँसीका चार जिल्ला नियाल्ने उद्देश्यले राम्चे दृश्यावलोकनमा पुग्ने आउने गरेको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृतिनाथ श्रेष्ठले जानकारी दिनुभयो ।

धार्मिक एवं पुरातात्विक हिसाबले पनि महत्वपूर्ण रहेको रामपुर त्यसमा पनि भगवान् रामको कथासँग सम्बन्धित क्षेत्रको नामकरण भएकाले पनि यहाँ धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको समितिका सचिव राधिका भण्डारीको भनाइ छ । सरकारले सय पर्यटकीय गन्तव्यका रुपमा राखेको कृतिम ताल, तालपोखरा नजिकै रहेको वन समूहमा ३२१ उपभोक्ता रहेका छन् ।

वनक्षेत्रका करीब पाँच हेक्टर क्षेत्रफलमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लगिएको छ । चितुवा, मृग, कालिजलगायत अन्य विभिन्न वन्यजन्तु र सयाँै किसिमका जडीबुटीसमेत पाउन सकिने राम्चे सामुदायिक वनलाई पर्यटकीय हिसाबले विकास गर्न प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको प्रदेश सांसद युवराज खनालले जानकारी दिनुभयो ।

राम्चे सामुदायिक वनमा १९ रोपनी क्षेत्रफलमा अम्रिसो खेती तथा विभिन्न काठजन्य रुखहरु साल सिसौ, चिलाउनेलगायतका वनस्पति पाइन्छन् । राम्चे वनमा निर्माण हुने संरचनाको लागि रु ११ करोड पाँच लाख ३७ हजार ९३२ मा निर्माण सम्पन्न गर्ने गरी विस्तृत आयोजना प्रतिवेदन९डिपिआर० समेत तयार भइसकेको छ । प्रदेश नं ५ को पाल्पासँगै गण्डकी प्रदेशको स्याङजा, तनहुँ तथा नवलपरासी क्षेत्रका पर्यटक आउने राम्चे वनमा दृश्यावलोकन स्तम्भबाट अवलोकन गर्नेका लागि रु ३० देखि ५० शुल्क लिने गरिन्छ भने सभाहलमा एउटा कार्यक्रम गरेको एक दिनको एक हजार ५०० शुल्क लिने गरिएको छ ।

प्रदेश नं ५ सरकारले छुट्टयाएको बजेटबाट बाल उद्यान, सुविधा सम्पन्न दृश्यावलोकन स्तम्भ, मोटरबाटोको स्तरोन्नति गर्ने, पानीको फोहरा, बगैँचालगायतका संरचना निर्माण गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।