१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

बाह्र करोडका ६० योजना छनोट

बाह्र करोडका ६० योजना छनोट
अ अ+ अ-

तनहुँ । तनहुँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने दुई सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि ६० योजना छनोट गर्नुभएको छ । तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु छ/छ करोडको बजेटका लागि क्रमशः २७ र ३३ योजना छनोट गर्नुभएको हो ।

तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत व्यास नगरपालिकाको १२ वडा, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिका पर्दछ । क्षेत्र नं २ मा व्यास नगरपालिकाको दुई वडा, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिका, घिरिङ गाउँपालिका, भीमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिका पर्दछ ।

छनोट गरिएका योजनामध्ये सबैभन्दा बढी रकम सडक र भवन निर्माणलाई विनियोजन गरिएको छ । क्षेत्र नं १ अन्तर्गत व्यास नगरपालिकाको आठ योजनामा रु एक करोड ६५ लाख, भानु नगरपालिकाको छ योजनामा रु एक करोड ६४ लाख ६० हजार, बन्दीपुर गाउँपालिकाको चार योजनामा रु ८५ लाख, आँबुखैरेनी गाउँपालिकाको चार योजनामा रु ९५ लाख र देवघाट गाउँपालिकाको पाँच योजनामा रु ८५ लाख बजेट विनियोजन गरिएको सांसद श्रेष्ठले जानकारी दिनुभयो ।

व्यास नगरपालिकाअन्तर्गत पराशर मोटरमार्गका लागि रु ५० लाख, कालिका मोटरमार्गका लागि रु ५० लाख, दमौली मुस्लिम समाज भवन निर्माणका लागि रु १५ लाख, राधेराधे अधुरो भवन निर्माणका लागि रु १० लाख, आदिवासी जनजाति अधुरो भवन निर्माणका लागि रु १० लाख, क्षेत्री समाज अधुरो भवन निर्माणका लागि रु १० लाख, बोटेटार खानेपानी आयोजनाका लागि रु १० लाख, बिपी विचार समाज अधुरो भवन निर्माणका लागि रु १० लाख विनियोजन गरिएको छ ।

भानु नगरपालिकाअन्तर्गत भिसी शेरबहादुर मोटरमार्ग कालोपत्रका लागि रु एक करोड विनियोजन गरिएको छ ।

बन्दीपुर गाउँपालिकाअन्तर्गत वडा नं २ र ३ जोड्ने वडा कार्यालय पक्की सडक निर्माणका लागि रु ५० लाख, डाप्रे बिरुवा मोटरमार्ग स्तरोन्नतिका लागि रु १० लाख, विमलनगर मरनघाट मोटरमार्गका लागि रु १५ लाख र खड्कदेवी मन्दिर तामाको पाता छानो निर्माणका लागि रु १० लाख विनियोजन भएको छ ।

आँबुखैरेनी गाउँपालिकाअन्तर्गत रामशाह मरनघाट निर्माणका लागि रु ५० लाख, बौद्ध गुम्बा समाज भवन निर्माणका लागि रु १५ लाख, मार्कीचोक नयाँगाउँ डुम्रीखर्क मोटरमार्गका लागि रु २० लाख, जयडाँडा दुम्सीढुडा ब्रालुङबेँसी मोटरमार्गका लागि रु १० लाख विनियोजन गरिएको छ भने देवघाट गाउँपालिकाअन्तर्गत देवघाट साउने कर्ताप मोटरमार्गका लागि रु ४० लाख विनियोजन गरिएको छ ।

तनहुँ निर्वाचन क्षेत्र नं २ अन्तर्गत व्यास नगरपालिकाको चार योजनामा रु ४० लाख, शुक्लागण्डकी नगरपालिकाको सात योजनामा रु एक करोड २० लाख, भीमाद नगरपालिकाको छ योजनामा रु एक करोड ३० लाख, ऋषिङ गाउँपालिकाको पाँच योजनामा रु ९० लाख ६० हजार, घिरिङ गाउँपालिकाको पाँच योजनामा रु ९० लाख र म्याग्दे गाउँपालिकाको छ योजनामा रु एक करोड २४ लाख विनियोजन भएको सांसद सिग्देलले जानकारी दिनुभयो ।

जसअनुसार व्यास नगरपालिका–६ स्थित इन्दु मावि पर्खाल निर्माणका लागि रु १० लाख, शिशाघाट फुटबल मैदान निर्माणका लागि रु १० लाख, व्यास नगरपालिका–५ स्थित पतेनीटार खानेपानी सुविधा विस्तारका लागि रु १० लाख र शुक्र आधारभूत विद्यालय पर्खाल निर्माणका लागि रु १० लाख विनियोजन गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकाअन्तर्गत मनकौरी मोटरमार्ग नाला निर्माणसहित स्तरोन्नतिका लागि रु ५० लाख, थप्रेक भ्यूटावर निर्माणका लागि रु १५ लाख, आधारभूत मावि कम्पाउण्ड निर्माणका लागि रु १५ लाख, तीनखोलेदेवी मोटरमार्ग नयाँ ट्र्याक निर्माणका लागि रु १० लाख विनियोजन भएको छ ।

भीमाद नगरपालिकाअन्तर्गत किहुँ मोटरमार्ग कालोपत्रका लागि रु ८० लाख विनियोजन भएको छ ।

घिरिङ गाउँपालिकाअन्तर्गत घुमाउने ताल संरचना निर्माणका लागि रु ५० लाख, पशुपति मोटरमार्ग स्तरवृद्धिका लागि रु १० लाख, गोसाइँकुण्ड–वनडाँडा मोटरमार्ग विस्तार तथा स्तरवृद्धिका लागि रु १० लाख, करुवाटार सिचाइँ योजना सञ्चालनका लागि रु १० लाख र पुत्गाउँ खानेपानी योजना सुविधा विस्तारका लागि रु १० लाख विनियोजन भएको छ ।

म्याग्दे गाउँपालिकाअन्तर्गत बडहरे–काफ्लेचोक–पाटेचौर–भैँसीखर्क सिंहाले रानीटारी हुँदै सिन्धुमार्ग जोड्ने सडक कालोपत्र तथा स्तरोन्नतिका लागि रु ७० लाख, छविसे राहुलडाँडा मनिस्वाँरा हुँदै बरभञ्ज्याङ मार्ग विस्तार तथा स्तरोन्नतिका लागि रु १४ लाख विनियोजन भएको छ ।