१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै



अ+ अ-

महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सडक अतिक्रमण गरी बनाइएका टहरा धमाधम हटाउन शुरु गरिएको छ । नगरपालिकाले नगर क्षेत्रभित्र सडक अतिक्रमण गरी सयौँको सङ्ख्यामा बनाएका टहराहरु धमाधम हटाउन थालेको हो ।

सडक खाली गर्न पटकपटक समय दिँदा पनि पसलेहरुले अटेरी गरेपछि नगरपालिकाले आजदेखि टहरा तोडफोड गर्दै अतिक्रमित सडकका जग्गाहरु खाली गराउन थालेको छ । नगरपालिकाबाट खटिएका नगर प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले नगरभित्र सडक अतिक्रमण गरी निर्माण गरिएका टहरा हटाउने अभियान थालेको हो ।