१२ श्रावण २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो प्रश्तावित निर्वाचन आयुक्तलाई संसदीय सुनुवाई समिति सभापति श्रेष्ठले भने–तपाईंको बिदाईमा मेरा लागि एक मिनेटको भाषण… निर्वाचन प्रक्रियालाई ‘पेपरलेस’ बनाउँदै लैजाने प्रश्तावित आयुक्त डा सुब्बाको कार्ययोजना कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्न म्युनिखलाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा पीएसजी



अ+ अ-

काठमाडौं। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ गोलको बराबरीमा रोकिए पनि समग्र एग्रिगेट स्कोरमा ६–५ को जित निकाल्दै पीएसजीले फाइनलको यात्रा तय गरेको हो।

बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा भएको खेलमा पीएसजीले निकै आक्रामक सुरुवात गरेको थियो। खेलको तेस्रो मिनेटमै ओस्मान डेम्बेलेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। उक्त १–० को अग्रतालाई खेलको निर्धारित समयसम्म कायम राखे पनि इन्जुरी समयमा बायर्नका स्ट्राइकर ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

बुडापेस्टमा मे ३० मा हुने फाइनलमा पीएसजी नै उपाधिका लागि बलियो प्रत्यासी रहनेछ । डिफेन्डिङ च्याम्पियन पनि रहेको पिएसजीसामु अब आर्सनलको भेट फाइनलमा हुनेछ । पिएसजीका लागि लगातार दोस्रो सिजन युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्ने अवसर हुनेछ ।

रियल म्याड्रिडले सन् १९९० मा अन्तिम पटक लगातार दुई पल्ट उपाधि जितेको थियो । एजेन्सी