१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

छोरी बचाउ अभियान प्रभावकारी बन्दै

छोरी बचाउ अभियान प्रभावकारी बन्दै
अ अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाले विसं २०७५ मा ल्याएको छोरी बचाउ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आएको छ । छोरी बोझ होइन, छोरीलाई सम्मान गर्नुपर्छ र समयअनुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्ने धारणाको विकास हुनुनै कार्यक्रमको सफलता भएको विराटनगर महानगरपालिकाको ठहर छ ।

चालू आर्थिक वर्षबाट शुरु भएपछि लाभान्वित वर्ग खुसी हुँदै गएको महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले बताउनुभयो । विराटनगर महानगरपालिकाले महानगरभित्र बालबालिकाको हितको संरक्षण सरसफाइ लैङ्गिक समानता, हिंसा, गरीबी,सीमान्त महिला बालबालिकाको संरक्षणको छोरीको गर्भपतनको न्यूनीकरण छोरीलाई प्रोत्साहन गर्नका लागि विराटनगर महानगरपालिकामा छोरी बचाउ अभियान कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

यसका लागि महानगरपालिकाले रु ३५ लाख बजेट विनियोजन गरेको छ । परिवारमा छोरीको महत्व र छोरीलाई प्रोत्साहन गर्ने, छोरीलाई समान स्थान दिने, पहिलो र दोस्रो सन्तान छोरीलाई यस कार्यक्रमले सन्तानको परिभाषा भित्र राखिएको र छोरी बचाउ अभियानअन्र्तगत पहिलो सन्तानलाई रु तीन हजार र दोस्रो सन्तानलाई रु २५ सय विराटनगर महानगरपालिकाले ग्लोबल बंैकमा खाता खोली सो रकम बंैकमा १८ वर्षको लागि राखिदिने गरेको छ । पहिलो सन्तानअन्र्तगत ३५ जनाले यो सुविधा लिएका छन् । दोस्रो सन्तान जन्माउने ३२ जनाले यो सुविधा लिएका छन् ।


सेवा लिनलाई स्वास्थ्य संस्था वा अस्पतालमा सन्तान जन्मिएको हुनुपर्ने, ३५ दिनभित्र जन्म दर्ता गरेको, वडा कार्यालयको सिफारिस अनिवार्य लिएको, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, विवाह दर्ताको प्रतिलिपि र दोस्रो सन्तानको हकमा दुवै छोरीको जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रुपमा रहेको उपप्रमुख कार्कीले जानकारी दिनुभयो । यो छोरी बचाउ अभियान आउने दिनहरुमा अझै प्रभावकारी बन्ने र यसले समाजमा सकारात्मक प्रभाव पारेको धारणा व्यक्त गर्नुभयो ।