२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक अनिश्चितताबीच न्युजिल्यान्डको रोजगार अवस्था सुधार



अ+ अ-

वेलिङ्टन। न्युजिल्यान्डको बेरोजगारी दर २०२६ को मार्च त्रैमासिकमा ५.३ प्रतिशतमा झरेको छ, जुन २०२५ को डिसेम्बर त्रैमासिकको ५.४ प्रतिशतभन्दा कम रहेको न्युजिल्यान्डको राष्ट्रिय तथ्याङ्क विभागले बुधबार जनाएको छ ।

विभागका अनुसार सो अवधिमा बेरोजगार व्यक्तिको संख्या एक लाख ६५ हजार बाट घटेर एक लाख ६३ हजार पुगेको छ । रोजगारी दर भने ६६.७ प्रतिशतमै स्थिर रहेको छ ।

श्रम बजारको पूर्ण उपयोग नभएको अवस्था जनाउने व्यापक सूचक पनि १२.९ प्रतिशतमै स्थिर रहेको छ । यस अवधिमा यस्तो अवस्थामा रहेका व्यक्तिको संख्या चार लाख ६ हजार रहेको छ । यसमा बेरोजगार, आंशिक रूपमा मात्र काम पाएका तथा काम गर्न चाहने तर हाल श्रम बजारमा नसमेटिएका व्यक्तिहरू समावेश छन् ।

वार्षिक ज्याला वृद्धि दर २ प्रतिशत रहेको छ, जुन उपभोक्ता मूल्य वृद्धिदर ३.१ प्रतिशतभन्दा कम हो । औसत साधारण प्रति घण्टा पारिश्रमिक ४४.१२ न्युजिल्यान्ड डलर पुगेको छ ।

१५ देखि २४ वर्ष उमेर समूहका, न रोजगारीमा, न शिक्षा वा तालिममा रहेका युवाको दर १३.३ प्रतिशतबाट बढेर १४.४ प्रतिशत पुगेको छ, जसले युवाहरूलाई श्रम बजारमा प्रवेश गर्न थप कठिनाइ भइरहेको देखाउँछ ।

२० देखि २४ वर्ष उमेरका युवतीहरूमा यस्तो अवस्थाको दर १.९ प्रतिशत बिन्दुले बढेर २०.३ प्रतिशत पुगेको तथ्याङ्क विभागकी श्रम बजार प्रवक्ता एबी जोनस्टनले बताउनुभयो ।

अर्थशास्त्रीहरूले मध्यपूर्वमा जारी द्वन्द्व र इन्धन मूल्य वृद्धिले व्यवसायिक विश्वास कमजोर बनाउन सक्ने र आगामी महिनाहरूमा कम्पनीहरूले नयाँ भर्ती रोक्न सक्ने चेतावनी दिएका छन् ।(रासस/सिन्ह्वा)