४ श्रावण २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री शाहले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र सरकारको परराष्ट्र नीतिः भूराजनीतिक जटिलतामा थपिँदै कूटनीतिक शून्यता पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध स्पेनले उपाधि उचालेसंगै सकियो विश्वकपको उत्सव-फोटो फिचर कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिपुलेक विवादबारे सत्तारुढ दल रास्वपाले भन्योः भारत–चीनले गरेको सम्झौता मान्य हुँदैन



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले लिपुलेक क्षेत्रलाई लिएर दुई छिमेकी मुलुकहरूले गरेको व्यापारिक सम्झौता नेपालका लागि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।

सीमा विवादको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै उहाँले यस सम्बन्धमा कुटनीतिक नोटसमेत पठाइसकिएको जानकारी दिनुभएको हो ।

पराजुलीले नेपाललाई जानकारी नगराई छिमेकी राष्ट्रहरूले लिपुलेकका सम्बन्धमा गरेको द्विपक्षीय सम्झौताप्रति आपत्ति जनाउनु भयो । सीमा विवाद जस्तो संवेदनशील विषयलाई उत्तेजना भन्दा पनि कुटनीतिक र राजनीतिक संवादका माध्यमबाटै समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पराजुलीकाअनुसार सरकारले यस प्रक्रियालाई अगाडि बढाउन आवश्यक तयारी गरिरहेको छ र संवादबाटै समस्याको निकास निकाल्न सरकार प्रतिवद्ध रहेको छ ।

उहाँले सरकारको धारणा स्पष्ट पार्दै  भन्नुभयो, ‘हामीलाई जानकारी नदिई दुई छिमेकी देशले गरेको व्यापारिक सम्झौता हाम्रा लागि मान्य छैन । सरकारले आफ्नो तर्फबाट सीमा विवादलाई संवादमार्फत टुङ्ग्याउन स्पष्ट अडानका साथ नोट पठाइसकेको छ ।’

उहाँले सरकारले आफ्नो तहबाट आवश्यक पहलकदमी शुरु गरिसकेकाले यस विषयमा धेरै टिप्पणी गरिरहनु आवश्यक नरहेको समेत उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल