८ पुष २०८२, मंगलवार
,
Latest
निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फेसबुक र गुगल मानवअधिकारका लागि खतरा ‘



अ+ अ-

एजेन्सी । फेसबुक र गुगलको व्यवसायिक ढाँचा मानव अधिकारका लागि खतरा रहेको एमनेस्टीले दाबी गरेको छ।

विश्वभर मानव अधिकारको काम गर्ने एमनेस्टीले एक रिपोर्ट जारी गर्दै यी कम्पनीले गर्ने अत्याधिक निगरानीका कारण चिन्ता गर्नुपर्ने भएको बताएको छ।

यस्ता कम्पनीले गर्ने अत्याधिक निगरानीले प्रयोगकर्ताको गोपनियताको हक र मानवअधिकार हनन हुने रिपोर्टमा उल्लेख छ।

रिपोर्टले फेसबुक र गुगल माथि आरोप लगाएपनि दुबै कम्पनीले आफ्नो बचाउँ गरेका छन्। उक्त रिपोर्टको उत्तर दिदैँ फेसबुकले मानव अधिकारमा आफूले गरेका कामको उदाहरण प्रशस्त रहेको दाबी गरेको छ।

साथै मानव अधिकार र गोपनियतताको हकलाई सम्मान गर्ने गरेको समेत चिठ्ठीमा उल्लेख छ। त्यस्तै गुगलले पनि प्रयोगकर्ताको सम्मान गर्दै डाटाहरु सुरक्षित राखेको बताएको छ।

मानव अधिकारको हनन हुनबाट रोक्न यस्ता कम्पनीलाई व्यक्तिगत सूचनाहरु र विज्ञापन दिन बन्द गर्न एमनेस्टीले अमेरिकी सरकारलाई सुझाव दिएको छ।