२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फेसबुक र गुगल मानवअधिकारका लागि खतरा ‘



अ+ अ-

एजेन्सी । फेसबुक र गुगलको व्यवसायिक ढाँचा मानव अधिकारका लागि खतरा रहेको एमनेस्टीले दाबी गरेको छ।

विश्वभर मानव अधिकारको काम गर्ने एमनेस्टीले एक रिपोर्ट जारी गर्दै यी कम्पनीले गर्ने अत्याधिक निगरानीका कारण चिन्ता गर्नुपर्ने भएको बताएको छ।

यस्ता कम्पनीले गर्ने अत्याधिक निगरानीले प्रयोगकर्ताको गोपनियताको हक र मानवअधिकार हनन हुने रिपोर्टमा उल्लेख छ।

रिपोर्टले फेसबुक र गुगल माथि आरोप लगाएपनि दुबै कम्पनीले आफ्नो बचाउँ गरेका छन्। उक्त रिपोर्टको उत्तर दिदैँ फेसबुकले मानव अधिकारमा आफूले गरेका कामको उदाहरण प्रशस्त रहेको दाबी गरेको छ।

साथै मानव अधिकार र गोपनियतताको हकलाई सम्मान गर्ने गरेको समेत चिठ्ठीमा उल्लेख छ। त्यस्तै गुगलले पनि प्रयोगकर्ताको सम्मान गर्दै डाटाहरु सुरक्षित राखेको बताएको छ।

मानव अधिकारको हनन हुनबाट रोक्न यस्ता कम्पनीलाई व्यक्तिगत सूचनाहरु र विज्ञापन दिन बन्द गर्न एमनेस्टीले अमेरिकी सरकारलाई सुझाव दिएको छ।