१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

छेउमै फोहर जलाउँदा राजमार्ग प्रदूषण

छेउमै फोहर जलाउँदा राजमार्ग प्रदूषण
अ अ+ अ-

मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको बजार क्षेत्रबाट निस्कने फोहरमैला प्रायः बजार नजिकै राजमार्गको छेउबाट त्रिशूली नदी किनारमा जलाउने र फ्याँक्ने गरिँदा धुवाँको दुर्गन्ध फैलिनुका साथै नदीसमेत फोहर हुने गरेको छ ।

इच्छाकामना गाउँपालिकाको मुख्य बजार क्षेत्र मुग्लिन, चेरेस, कुरिनटार र फिस्लिङमा दैनिक अत्यधिक मात्रामा फोहर उत्पादन हुने गरेको छ । ती फोहर स्थानीय क्लब, समूह तथा टोल विकास संस्थाले उठाएर बजार नजिकैको राजमार्ग छेउमा फालेर व्यवस्थापन गर्ने गरिएको छ । राजमार्गमा आउने धुँवाकोे मुस्लोले गर्दा प्रदूषण मात्र नभई सडक नै ढाक्दा दुर्घटनाको सम्भावना बढ्ने गरेको छ ।

राजमार्गअन्तर्गत मुग्लिन बजार नजिकै र कुरिनटारको धारापानी नजिकै एकै दिनमा फालिएको फोहर जलिरहेको अवस्थामा फेला परेको थियो । गाउँपालिकाले अन्य विकल्प तयार नगरेसम्म फोहर व्यवस्थापनमा समस्या आइरहने स्थानीयवासी बताउँछन् ।

सडक छेउमा फोहर जलाउँदा र फ्याँक्दा त्रिशूली नदीलाई समेत प्रदूषित बनाएको छ । नदी प्रदूषण हुँदा जलयात्रा व्यवसायसमेत सङ्कटमा परेको व्यवसायी बताउँछन् । जलयात्रा व्यवसायी कमल ठकुरीले नदी फोहर हुँदा विदेशी पर्यटकको सङ्ख्या हरेक वर्ष घट्दै गएको बताउनुभयो । व्यवसायी ठकुरीले भन्नुभयो, “विदेशी पर्यटक फोहर देखेपछि जलयात्रा गर्दैनन्, त्रिशूली नदी किनारसँगै जोडिएको यस राजमार्गमा फोहर फ्याँक्दा र पोल्दा जलयात्रा सङ्कटमा परेको छ ।”

गाउँपालिकाले राजमार्गको बजार क्षेत्रमा उत्पादन हुने फोहरमैला व्यवस्थित गर्नकै लागि भनेर कुरिनटारको त्रिशूली नदी किनारमा फोहरमैला व्यवस्थापन केन्द्रको स्थापना गरेको छ । निर्माण गरेको डेढ वर्ष बितिसक्दा पनि उक्त केन्द्रको सञ्चालन अहिलेसम्म हुन सकेको छैन ।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले भन्नुभयो, “फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिसकेका छौँ, अब हामी यसलाई चाँडै सञ्चालनमा ल्याउने छौँ, विविध प्राविधिक कारणले गर्दा सञ्चालनमा ढिलाइ भएको हो ।” केही प्राविधिक काम बाँकी रहेको र त्यो काम सकिएपछि केन्द्र तुरुन्तै सञ्चालनमा आउने अध्यक्ष गुरुङको भनाइ छ ।