२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमा ‘कनिका छर्ने’ परिपाटी अन्त्य गरिने



अ+ अ-

काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाको पूर्वसन्ध्यामा मन्त्री र सांसदहरूबीच छलफल भएको छ ।

बुधवार रास्वपा संसदीय दलको कार्यालयमा आयोजित ‘पूर्व–बजेट छलफल’ मा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले पार्टीका सांसदहरुसँग छलफल गर्नुभएको हो ।

सहभागिता रहेको थियो । छलफलका क्रममा आगामी बजेटलाई थप व्यवस्थित र जनमुखी बनाउने विषयमा केन्द्रित रहेर संवाद भएको छ । बजेट विनियोजन गर्दा ‘कनिका छरे जस्तो’ स–साना योजनामा रकम छर्ने विद्यमान परिपाटीलाई अन्त्य गरी ठूला र रणनीतिक योजनालाई प्राथमिकता दिने विषयमा मन्त्रीहरूले प्रतिवद्धता जनाएका छन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सांसद राजीव खत्रीले बजेट निर्माणका क्रममा सांसदहरूमा हुने मनोवैज्ञानिक दबाब र योजना छनोटको अन्योल हटाउन यो कार्यक्रम प्रभावकारी भएको बताउनु भयो ।

उहाँकाअनुसार अब बजेट विनियोजन गर्दा केन्द्र, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र स्पष्ट पारिनेछ । मन्त्रालय धाउनुपर्ने झन्झटिलो अवस्थाको अन्त्य गर्दै विकास बजेटमा सबैको समान पहुँच पु¥याउने र कर्णाली तथा सुदूरपश्चिम जस्ता दुर्गम क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने नीति लिइने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आज विशेष गरी रास्वपाको संसदीय दलको बैठक बोलाइएको हो र विशेष गरी मन्त्रीहरूसँगको भेटघाट हो । र आज अर्थमन्त्री र भौतिक मन्त्रीसँगको भेटघाट थियो । किनभने अब यो बजेटको कार्यक्रम नजिक आउँदै गर्दाखेरि सांसदहरूलाई अलिकति भ्याइनभ्याइ हुन्छ र मानसिक रूपमा अलिकति तनाव पनि हुने गरेको छ ।

मेरो जिल्लामा बजेट पर्छ कि पर्दैन कुन कुन पेश गर्ने के गर्ने भन्ने तनाव थियो । त्यो तनावमुक्त गर्नका लागि त्यो तनाव मोचनका लागि आज उहाँहरूले भेटघाटका लागि बोलाउनु भएको हो, त्यही विषयमा छलफल भयो। अब फेरि के छलफल भयो भन्दाखेरि विशेष गरी उहाँहरूले हामीलाई बजेटका लागि जिल्लामा कनिका छरे जसरी अब बजेट माग्ने परिपाटी अन्त्य गर्नुपर्छ र विशेष गरी ठूला बजेटहरू केन्द्रले धान्न सक्ने गर्नसक्ने बजेटहरू र प्रदेश स्थानीय तह र केन्द्रका बजेटहरूलाई विशेष गरी फरक छुट्याउने गरी काम गर्ने भन्ने हिसावले र मन्त्रालय चार्नुपर्ने अवस्था अन्त्य गर्नका लागि र विकासका बजेटका समान पहुँच सबैका लागि पुग्ने गरी र प्राथमिकताका आधारमा कर्णाली लगायत सुदूरपश्चिम लगायत जहाँ दुर्गम छन् ती क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने र सांसदहरूले धेरै दौडधूप गर्नु नपर्ने गरी काम गर्छौं भन्ने उहाँहरूको कुरा यही सुन्न सुनाउनका लागि हो आजको कार्यक्रम ।’

आफ्नो निर्वाचन क्षेत्र भक्तपुर–२ को बजेट प्राथमिकताबारे बोल्दै सांसद खत्रीले स्थानीय र प्रदेश तहबाट आउने योजनाबाहेक संघीय तहबाट सम्बोधन हुनुपर्ने आवश्यक योजनाहरू लिखित रूपमा मन्त्रालयमा पठाइने बताउनु भयो । ती योजनाहरूको छनोट र प्राथमिकता निर्धारण भने सम्बन्धित मन्त्रालयले नै गर्ने उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल