१२ श्रावण २०८३, मंगलवार
,
Latest
श्रेष्ठको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, भने: ‘उहाँको योगदान सधैं प्रेरणादायी रहनेछ’ भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो प्रश्तावित निर्वाचन आयुक्तलाई संसदीय सुनुवाई समिति सभापति श्रेष्ठले भने–तपाईंको बिदाईमा मेरा लागि एक मिनेटको भाषण… निर्वाचन प्रक्रियालाई ‘पेपरलेस’ बनाउँदै लैजाने प्रश्तावित आयुक्त डा सुब्बाको कार्ययोजना कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क आँखा शिविरबाट ४३० जना लाभान्वित



अ+ अ-

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आज सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट ४३० जना लाभान्वित भएका छन् ।

अन्नपूर्ण गाउँपालिका–४ नम्बर वडा कार्यालय, लायन्स क्लबको पोखरा आँगन र लेकसिटीको संयुक्त आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई दिनसम्म शिविर सञ्चालन भएको थियो ।

शिविरमा १० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले जानकारी दिनुभयो । नारच्याङ, घार र दोवाका बासिन्दाहरुले सेवा लिएका हुन् ।

हिमालयन आँखा अस्पताल पोखराका नेत्र चिकित्सक डा ज्योत्स्ना शर्माको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो । आँखा परीक्षण, शल्यक्रिया, परामर्श, औषधि र चश्मा वितरणसम्बन्धी सेवा निःशुल्क उपलब्ध गराएको नारच्याङका वडासदस्य श्याम पुर्जाले बताउनुभयो ।

मोतियाविन्दुको शल्यक्रियापश्चात् गुमेको ज्योति फर्किएकोमा सेवाग्राहीहरुले खुसी व्यक्त गरेका छन् । गाउँमै मोतियाविन्दुको शल्यक्रियासम्बन्धी सुविधा पाउँदा पोखरा जान आउन लाग्ने समय र खर्चको बचत भएको सर्वसाधारणको भनाइ छ । रासस