१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

नक्कली गरिमा धानको क्षति मूल्याङ्कन

नक्कली गरिमा धानको क्षति मूल्याङ्कन
अ अ+ अ-

चितवन । चितवनका छ र मकवानपुरका दुई पालिकामा लगाइएको नक्कली गरिमा धानको क्षति मूल्याङ्कन गरिएको छ । जग्गाको उत्पादन क्षमताको आधारमा रु १० करोड ३७ लाख २९ हजार ४८४ र उत्पादन लागतको आधारमा रु सात करोड ३६ लाख ९१ हजार ३०० बराबरको क्षति मूल्याङ्कन गरिएको छ ।

बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाको नेतृत्वमा गठन भएको समितिले दुवै जिल्लामा लगाइएको धानको क्षति मूल्याङ्कन गरेको हो । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार क्षतिको विवरण कृषि सचिव युवकध्वज जिसीलाई समितिले आज बुझाउँदै छ । ढकालले भन्नुभयो, “हामी आजै कृषि सचिवलाई प्रतिवेदन बुझाउँदै छाँै । क्षतिपूर्ति के कति हुने भन्ने निर्णय सरकारले गर्छ ।”

केन्द्रका बाली विकास अधिकृत माधव पौडेलका अनुसार समितिले बालीको लागत अनुमानको आधारमा, बीमा नीतिको आधारमा र उत्पादन क्षमताको आधारमा क्षति मूल्याङ्कन गरेको छ । बालिको लागत अनुमानको आधारमा रु सात करोड ३६ लाख ९१ हजार ३१७ क्षतिको मूल्याङ्कन गरिएको पौडेलले जानकारी दिनुभयो । यसमा प्रतिकट्ठा लागत मूल्य रु तीन हजार ६३५ मूल्याङ्कन गरिएको छ ।

बीमा नीतिको आधारमा रु छ करोड ६३ लाख २२ हजार १८६ क्षति मूल्याङ्कन गरिएको छ । यसमा पनि प्रतिकट्ठा लागत रु तीन हजार ६३५ नै मूल्याङ्कन गरिएको छ । उत्पादन क्षमताको आधारमा सबैभन्दा बढी रु १० करोड ३७ लाख २९ हजार ४८४ क्षति मूल्याङ्कन गरिएको उहाँले जानकारी दिनुभयो । यसमा प्रतिकट्ठा रु पाँच हजार ११६ मूल्याङ्कन गरिएको छ ।

कृषि ज्ञान केन्द्र, चितवनले दिएको जानकारीअनुसार उत्पादन क्षमताको आधारमा मकवानपुरको मनोहरी गाउंँपालिकाको २७२ बिघा क्षेत्रफलको रु पाँच हजार ११६ का दरले रु १३ लाख ९१ हजार ७३३ बराबरको क्षति मूल्याङ्कन गरिएको छ । यसैगरी राक्सिराङ गाउंँपालिकाको ७६ बिघामा लगाइएको धानको रु तीन लाख ८८ हजार ८६६ क्षति मुल्याङ्कन गरिएको छ ।

चितवन जिल्लाको राप्ती नगरपालिकाको छ हजार ४० बिघाको प्रतिकठ्ठा सोहीअनुसार रु तीन करोड नौ लाख चार हजार ६६६, खैरहनी नगरपालिकाको चार हजार १११ बिघा क्षेत्रफलको रु दुई करोड १० लाख ३८ हजार ९८३, कालिका नगरपालिकाको एक हजार ६८ बिघाको रु ५४ लाख ६७ हजार १५८ क्षति मूल्याङ्कन गरिएको छ ।

यसैगरी रत्ननगर नगरपालिकाको तीन हजार १३० बिघामा रु एक करोड ६० लाख १८ हजार ९०१, भरतपुर महानगरपालिकाको तीन हजार २७५ बिघाको रु एक करोड ६७ लाख ६१ हजार ७४ क्षति मूल्याङ्कन गरिएको छ । यस्तै माडी नगरपालिकाको दुई हजार २९८ बिघामा रु एक करोड १७ लाख ५८ हजार १०० क्षति मूल्याङ्कन भएको छ ।

केन्द्रले दिएको जानकारीअनुसार समितिले उत्पादन लागत अनुमानको आधारमा पनि क्षति मूल्याङ्कन गरेको छ । मनोहरी गाउंँपालिकामा २७२ कठ्ठा क्षेत्रफलमा रु नौ लाख ८८ हजार ७१२ बराबरको क्षति मूल्याङ्कन गरिएको छ ।

राक्सिराङ गाउंँपालिकाको ७६ बिघामा रु दुई लाख ७६ हजार २५८ बराबरको क्षति मूल्याङ्कन गरिएको छ । यसैगरी राप्ती नगरपालिकाको छ हजार ४० कट्टा क्षेत्रफलको रु दुई करोड १९ लाख ५५ हजार २३८, खैरहनीको चार हजार १११ बिघामा रु एक करोड ४९ लाख ४६ हजार ४७७ क्षति मूल्याङ्कन भएको छ ।

यसैगरी रत्ननगर नगरपालिकामा तीन हजार १३० बिघा क्षेत्रफलमा रु ३८ लाख ८३ हजार ९६९, भरतपुर महानगरपालिकाको तीन हजार १३० बिघामा रु एक करोड १९ लाख सात हजार ३७२ को क्षति मूल्याङ्कन गरेको छ । माडी नगरपालिकाका दुई हजार २९८ बिघामा रु ८३ लाख ५३ हजार १६८ क्षति भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकाबाहेक सबै तहमा गरिमा धान लगाइएको थियो । सबै स्थानीय तहमा गरी नक्कली गरिमाको धानबाट दुई हजार ६९० किसान यसको प्रत्यक्ष मारमा परेका छन् । दुई जिल्लामा गरी ६७५ हेक्टरमा यो धान लगाइएको थियो ।

गरिमा जातको धानमा तोकिएको समयभित्र बाला नलागेपछि सरकारी टोलीले स्थलगतरुपमा क्षतिको मूल्याङ्कन गरेको थियो । मूल्याङ्कन टोलीले बाला नलागेको धान सक्कली गरिमा जातको धान नभएको बताएको थियो । धान पाक्ने समयमा पनि बाला नलागेपछि कृषक चिन्तित वनेका छन् ।