२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीको बाल सुधारगृहमा अनुगमन



अ+ अ-

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ भैरहवास्थित बाल सुधारगृहमा अनुगमन गरिएको छ ।

प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीसहितको टोलीले बाल सुधारगृहको अनुगमन गरेको हो ।

अनुगमनपश्चात सांसद पौड्यालले बाल सुधारगृहलाई अझ ठूलो स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको बताए । त्यसका लागि आवश्यक पहल गरिने उनले बताए ।

एकै ठाउँमा धेरै बालकहरु बस्दा स्वास्थ्यसहित अन्य समस्या आउन सक्ने उनको भनाइ छ । बाल सुधारगृहमा स्थानीय तहहरुले खाजा व्यवस्थापनका लागि सहयोग गरिरहेको भए पनि त्यो पर्याप्त हुन नसकेको उनले बताए ।

  1. प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सदस्यसमेत रहेकी पौडेलले बाल सुधारगृहमा रहेका बालकहरुलाई मनोसामाजिक परामर्श पनि आवश्यक रहेकामा जोड दिइन् ।