२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी संसदीय रणनीति तय गर्न काँग्रेस संसदीय दलको बैठक शुरु



अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा शुरु भएको छ ।
आगामी सङ्घीय संसदको अधिवेशनमा पार्टीको भुमिका र समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर छलफल गर्न उक्त बैठक बोलाइएको हो ।

बैठकमा पार्टीका शिर्ष नेतृत्वसहित राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूको उपस्थिति रहेको छ । मुख्यतया आगामी संसद् बैठकमा पार्टीका तर्फबाट सदनमा कस्तो रणनीति अपनाउने र जनसरोकारका मुद्दाहरूलाई कसरी सशक्त रूपमा उठाउने भन्ने विषयमा केन्द्रित रहेर सांसदहरूबीच छलफल हुने बताइएको छ ।

यसका साथै बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयहरूमा समेत समीक्षा गरिने कार्यसूची रहेको छ । संसदीय अभ्यासलाई थप प्रभावकारी बनाउन र पार्टीको तर्फबाट सदनमा एकरुपता कायम गर्न यो बैठकलाई महत्वका साथ हेरिएको छ ।