१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

सफाइ अभियानमा स्थानीय तहका जनप्रतिनिधिको बेवास्ता

सफाइ अभियानमा स्थानीय तहका जनप्रतिनिधिको बेवास्ता
अ अ+ अ-

काठमाडौं । नागरिकस्तरबाट सफाइ अभियान शुरु भई ३४३ हप्ता पार गर्दा पनि गाउँगाउँमा पुगेका सिंहदरबारको ध्यान यसतर्फ जान सकेको छैन ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु हुँदा स्थानीय सरकार कर्मचारीले चलाएका थिए । कर्मचारी नियमित काममात्र गर्ने हुँदा सफाइ अभियान सम्बन्धी नीतिनिर्माणमा त्यति धेरै सहयोग हुन सकेन । विसं २०७४ वैशाखमा स्थानीय तहको निर्वाचन भएपछि आफ्नो गाउँ टोल सफा राख्न स्थानीय सरकारले सहयोग गर्ने आशा पलाएको थियो । तर त्यो आशा निरासामा परिणत भएको सफाइ अभियानकर्मीको गुनासो छ ।

विश्वमै लामो स्वयंसेवी अभियान भनी देशविदेशबाट प्रशंसा कमाएको वाग्मती सफाइ महाअभियानका निरन्तर अभियानकर्मी माला खरेलले काठमाडौँ र ललितपुर महानगरपालिका एवं वाग्मतीसँग जोडिएका अन्य नगरपालिकाले सहयोग गरे नदी सफाइमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“ललितपुर महानगरपालिकाले आफ्नो नगर क्षेत्रमा पर्ने नदी सफाइका लागि विशेष अभियान चलाउने घोषणा गरेको थियो, तर अहिलेसम्म ठोस उपलब्धि केही भएन, यसै हप्ता महानगर प्रमुख चिरीबाबु महर्जनसहितको समूहसँग कुराकानी गर्छौं”, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्यसमेत रहनुभएकी उहाँले भन्नुभयो ।

केही जनप्रतिनिधि सफाइ अभियानमा उपस्थित भएर ऐक्यबद्धता जनाउने गरे पनि विधायिकी अधिकारसमेत पाएको स्थानीय सरकारले नदी र शहर स्वच्छ राख्न कुनै कानूनी व्यवस्था लागू गरेका छैनन् ।

उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ता शनिबार झैँ जारी छ । वाग्मती सफाइ महाअभियानको ३४३औँ हप्तामा ललितपुरतर्फको थापाथली पुलमुनि सफाइ गरियो । सफाइमा १८ संस्थाका ३०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको खरेलले बताउनुभयो ।

सफाइमा पूर्वसचिव किशोर थापा, पूर्वराजदूत भिक्ट्रीशम्शेर राणा, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारको पनि सक्रियता थियो ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मतीमा सफाइ गरिएको छ । यस क्षेत्रको सफाइ वाग्मती सुन्दरता सरोकार मञ्चले गर्दै आएको छ । वाग्मतीको तिलगङ्गा र सुन्दरीघाट क्षेत्रमा पनि सफाइ गरिएको जनाइएको छ ।

यस्तै रुद्रमती सफाइ अभियानको २९३ औँ हप्तामा रातोपुलबाट सेतोपुलसम्मको क्षेत्रमा सफाइ गरियो । सफाइका क्रममा नदीको दायाँबायाँ रोपिएका बिरुवामा पानी हाल्नाका साथै गोडमेल पनि गरिएको थियो ।

सेतोपुल मुखमा रहेको सेतो गणेश मन्दिरसँगैको सार्वजनिक जग्गा अतिक्रमण गरी पसल सञ्चालन गर्दा सवारी आवागमनमा बाधा पुगेकाले सुरक्षा निकायको सहयोग लिई महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीको उपस्थितिमा संरचना भत्काइएको अभियानकर्मी रोहित गिरीले जानकारी दिनुभयो ।

विष्णुमती सफाइ अभियानको २६८औँ हप्तामा तारकेश्वर नगरपालिका–१० र टोखा नगरपालिका–९ स्थित मनमैँजु पुल क्षेत्रमा सफाइ गरियो । तीनवटै सुरक्षा निकाय, वडा कार्यालयसहित स्थानीयवासीकोे सक्रियतामा भएको सफाइबाट पाँच टन फोहर व्यवस्थापन गरिएको संयोजक शोभाकान्त पाण्डेले राससलाई बताउनुभयो ।

कार्यक्रममा पूर्वरक्षामन्त्री एवं सांसद भीमसेनदास प्रधान, टोखा नगरपालिका– ९ का अध्यक्ष जोगप्रसाद नेपालको पनि सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रधानले उपत्यकामा शुरु भएको सफाइ अभियानले राजधानी सफा राख्न सहयोग गरेको बताउनुभयो । मनोहरा नदी सफाइको १४०औँ हप्तामा मनोहरा र हनुमन्ते दोभानमा सफाइ गरियो । सफाइमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसमेत सहभागी हुनुभयो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको मनोहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानका संयोजक चन्द्रप्रसाद दङ्गालले राससलाई जानकारी दिनुभयो ।

आलोकनगर सफाइको १३८औँ हप्तामा लोकेश्वर महादेव मन्दिरबाट मीनभवनस्थित वाग्मती पुल हुँदै नयाँबानेश्वरसम्म सफाइ गरियो । मीनभवनको सिभिल अस्पतालअघि सबैभन्दा बढी फोहर भेटिएको सफाइ संयोजक प्रमिला पौडेलले राससलाई जानकारी दिनुभयो ।

अस्पतालअघि खुलारुपमा दिसापिसाब गरेर फोहर गरिएको उहाँले सुनाउनुभयो । सडक किनारमा बिरुवाको संरक्षणका लागि राखिएको जालीलाई डस्टबिनका रुपमा दुरुपयोग हुँदा बिरुवा मरेको सफाइ अभियानले जनाएको छ । यात्रुको सुविधाका लागि बनाइएको प्रतीक्षालयमा खाट राखेर बजार चलाउँदा पनि सम्बन्धित निकायले अनुगमन नगरेको संयोजक पौडेलको गुनासो थियो ।

क्लिन काष्ठमण्डपका अभियानकर्मी केपी खनालसहितको समूह पनि आज यस क्षेत्रको सफाइमा सहभागी भएको थियो । बानेश्वर महिला तथा वातावरण सेवाले यस क्षेत्रको सफाइबाट दुई ट्र्याक्टर फोहर व्यवस्थापन गरेको छ । यस क्षेत्रमा चेतनामूलक सफाइ अभियानसमेत चलाइएको जनाइएको छ ।

चक्रपथ उत्तरखण्ड सफाइको १३८औँ हप्तामा बसुन्धरा क्षेत्रमा सफाइ गरी आठ टन फोहर व्यवस्थापन गरियो । त्यस क्षेत्रमा बेवारिसे छोडिएका दुईवटा गाडी पनि हटाइएको अभियानकर्मी तिलक बस्नेतले बताउनुभयो । सफाइमा २५० जनाभन्दा बढी अभियानकर्मी सक्रिय थिए ।

चक्रपथ पश्चिमखण्ड सफाइको १२०औँ हप्तामा स्वयम्भू भगवान् पाउ क्षेत्रमा सफाइ गरी एक ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले राससलाई सुनाउनुभयो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका साथै स्थानीयवासीको पनि सफाइ सहभागिता थियो । त्यस क्षेत्रमा घरदैलो जनचेतनामूलक अभियान पनि चलाइएको थियो ।

ललितपुरस्थित गोदावरी खोला सफाइको ३८औँ हप्तामा गोदावरी नगरपालिका–१ स्थित धर्मतार जोड्ने पुलसँगैको शिव मन्दिर क्षेत्रमा सफाइ गरियो । सफाइमा वडा नं १ जनप्रनिधिलगायत स्थानीवासीको सक्रियता रहेको संयोजक बेबी थापाले जानकारी दिनुभयो ।