१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः सुष्मिताले रोहमनसँग ब्रेकअप भएको खुलासा गरिन्



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सुष्मिता सेनले आफ्नो ब्रेकअपको खबरमाथि प्रतिक्रिया दिएकी छन् । अभिनेत्रीले रोहमन शलसँग ब्रेकअप भएको भन्ने खबरलाई ‘सही’ भन्दै आफूहरु दुईको सम्बन्ध धेरै पहिले सकिएको बताएकी हुन् । 

यद्यपि, रोहमनसँगको प्रेम आजसम्म पनि रहेको उनले बताएकी छन् । उनले इन्स्टाग्राममा आफ्नो र रोहमनको सेल्फि तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, मित्रताबाट हाम्रो सम्बन्ध सुरु भयो । हामी साथी बनिरह्यौं, सम्बन्ध धेरै पहिले सकिएको थियो, माया बाँकी छ । 

रोहमन र सुष्मिताको भेट सामाजिक सञ्जालमा भएको थियो । रोहमनले इन्स्टामा अभिनेत्रीलाई पहिले म्यासेज गरेका थिए । त्यसपछि दुईको भेट एक फेसन शोमा भएको थियो । रोहमनसँगको पहिलो भेटमा नै सुष्मिता उनीसँग नजिकिएकी थिइन् । 

रोहमनसँग भन्दा पहिले सुष्मिताको विक्रम भट्ट, वसीम अकरम, रणदीप हुडा, रितिक भसीन, मुदस्सज अजीजसँग प्रेम सम्बन्ध रहेको थियो ।