१२ श्रावण २०८३, मंगलवार
,
Latest
भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो प्रश्तावित निर्वाचन आयुक्तलाई संसदीय सुनुवाई समिति सभापति श्रेष्ठले भने–तपाईंको बिदाईमा मेरा लागि एक मिनेटको भाषण… निर्वाचन प्रक्रियालाई ‘पेपरलेस’ बनाउँदै लैजाने प्रश्तावित आयुक्त डा सुब्बाको कार्ययोजना कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरान तनावबीच विश्व बजार अस्थिर, तेल मूल्य घट्यो



अ+ अ-

हङकङ। संयुक्त राज्य अमेरिका र इरान बीच बढ्दो तनावका बीच विश्व शेयर बजार मंगलबार मिश्रित देखिएको छ भने तेलको मूल्य प्रारम्भिक वृद्धि पछि पुनः घटेको छ ।

अमेरिकी बजारमा अघिल्लो दिनको गिरावटपछि विश्व बजारमा सावधानीपूर्ण कारोबार देखिएको हो । अमेरिकी फ्युचर्स करिब ०.२ प्रतिशतले बढेको छ ।

युरोपेली बजारतर्फ बेलायतको मुख्य सूचक ०.८ प्रतिशतले घटेर १० हजार २८०.८७ मा झरेको छ । फ्रान्सको प्रमुख सूचक ०.६ प्रतिशतले बढेर ८ हजार २६.८९ पुगेको छ भने जर्मनीको प्रमुख सूचक १ प्रतिशतले बढेर २४ हजार २३२.४५ मा पुगेको छ ।

एशियाली बजारमा भने जापान, दक्षिण कोरिया र चीनमा सार्वजनिक बिदाका कारण कारोबार न्यून रहेको थियो । हङकङको प्रमुख सूचक ०.८ प्रतिशतले घटेको छ भने ताइवानको बजार ०.२ प्रतिशतले बढेको छ ।

अष्ट्रेलियाको प्रमुख सूचक ०.२ प्रतिशतले घटेको छ । त्यहाँको केन्द्रीय बैंकले ब्याजदर ४.३५ प्रतिशत पुर्‍याएको छ । मध्यपूर्वको द्वन्द्वका कारण इन्धन र कच्चा पदार्थको मूल्य बढ्दै गएपछि मुद्रास्फीति नियन्त्रण गर्न यस्तो निर्णय गरिएको हो ।

 

यसैबीच, हर्मुज जलडमरू क्षेत्रमा तनाव बढ्दै जाँदा युद्धविरामको अवस्था कमजोर भएको छ । अमेरिकी सेनाले नागरिक जहाज लक्षित गरेको भन्दै इरानी डुङ्गाहरू डुबाएको जनाएको छ भने अमेरिकी झण्डा बोकेका दुई जहाज सुरक्षित रूपमा उक्त मार्ग पार गरेका छन् ।

तेल बजारमा प्रारम्भिक वृद्धि देखिए पनि तनाव केही कम हुने संकेतसँगै मूल्य पुनः घटेको विश्लेषकहरूले बताएका छन् ।  (रासस/एपी)