२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

राष्ट्रिय ख्रिष्ट्रियन महासंघले शनिबार प्रज्ञा भवनमा ‘क्रिसमस डे’ मनाउँदै, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई निम्तो

राष्ट्रिय ख्रिष्ट्रियन महासंघले शनिबार प्रज्ञा भवनमा ‘क्रिसमस डे’ मनाउँदै, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई निम्तो
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय ख्रिष्ट्रियन महासंघ नेपालले भोलि राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादीमा क्रिसमस मनाउने बताएको छ । क्रिसमसको पूर्व सन्ध्यामा आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले यस्तो जानकारी दिएको हो । 

महासंघले भोलि आयोजना गर्ने कार्यक्रम ‘येशु ख्रीष्टको शुभजन्मोत्सव ख्रीष्टमस २०७८ तथा नयाँ वर्ष २०२१ को शुभकामना आदानप्रदान’ नाम दिएको छ । महासंघले डिसेम्बर २५ अर्थात् ‘क्रिसमस डे’ सारा मानव जातिका मुक्तिदाताको रुपमा तथा सबै मानवलाई परमेश्वर पितासँग मिलाप गराएका मुक्तिदाता, उद्धारकर्ता तथा शान्तिदाता प्रभु येशु ख्रीष्टको जन्मदिनको रुपमा मनाउँदै आईएको पनि जनाएको छ । 

हर्षोल्लासको साथ साताव्यापी रुपमा विश्वभर मनाइने ख्रीष्टमसको उपलक्ष्यमा सम्पुर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि महासंघले शुभकामना पनि दिएको छ । 

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सि.बी.गहतराजले क्रिसमसको अवसरमा सबैलाई शुभकामना दिए । उनले विगत लामो समयदेखि बाटो–बाटोका हरियो रुखमा बत्ति बाल्दै नेपालमा १०औं हजार चर्चमा क्रिसमस मनाइँदै आएको उल्लेख गरे । 

गहतराजले क्रिसमसको पुर्वसन्ध्यामा सप्ताहव्यापी रुपमा देशभरका विभिन्न तहमा कार्यक्रमको आयोजना गरेर येशु ख्रीष्टको जन्मोत्सव मनाइरहेको बताए । उनले भोलि देशव्यापी रुपमा कमलादी प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रम २ बजेपछि सुरु हुने पनि जनाए । अध्यक्ष गहतराजले कार्यक्रमलाई सफल पारिदिन सम्बन्धित निकायलाई आग्रह समेत गरे । 

गहतराजले २०६३ सालदेखि क्रिसमसको सार्वजनिक विदा पाइएपनि कहिले पाउने र कहिले नपाउने गर्दा अत्यन्तै दुःख लागेको सुनाए । यसवर्षको विदाको लागि हिजोमात्र पनि गृहमन्त्रालयसँग कुरा राख्दा मन्त्रिपरिषद्मा पठाइएको सुचना पाएको बताए । उनले क्रिसमसको अवसरमा यो वर्षमात्र नभएर सधै २ दिन सार्वजनिक विदा दिन पनि सरकारसँग आग्रह गरे । प्रभु येशु ख्रीष्टको जन्मोत्सव संसारमा सबैभन्दा धेरै मानिसहरुले मनाउने समेत उनले जिकिर गरे । उनले भने,‘यो मुक्ति दिवस, मानव जातिको उद्धारको लागि र शान्तिको लागि ससारभर मनाइन्छ ।’

ख्रीष्टमस तथा अंग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी तथा धेरै उच्च व्यक्तित्वहरुलाई अतिथिको रुपमा निमन्त्रणा दिएको उनले सुनाए । अर्को वर्ष विश्वकै सबैभन्दा अग्लो धरहरा भन्दा क्रिसमस–ट्री बनाउने योजना भएको अध्यक्ष गहतराजले सुनाए । 

कार्यक्रममा महासंघकी सहअध्यक्ष रिता थापाले संसारभरिको इसाईहरुले क्रिसमस चाड मनाउने बताइन् । येशु ख्रीष्ट सम्पुर्ण राष्ट्र र मानव जातिको दाता भएको भन्दै प्रभु ख्रीस्टको जन्म मानिसहरुको उद्धारकर्ताको रुपमा भएकोसमेत जिकिर गरिन् । 

उनले क्रिसमस नेपालमामात्र नभएर संसारभरि रहेका मानिसहरुले मनाउने उल्लेख गरिन् । नेपाली इसाई धर्मालम्बीहरुले अन्य धर्मालम्बीहरुले जस्तै सेल रोटी खाएर क्रिसमस चाड मनाइने सुनाइन् ।  

उनले भनिन्,‘प्रभु येशु ख्रिष्टको सुसन्देश, गीत सुनाउँदै, बाईबलल पढेर, प्रभुको जन्मबारे इतिहास सुनाएर, आफन्त र छरछिमेकलाई बोलाएर खुशी साँट्छौ । एक–आपसमा उपहार पनि आदानप्रदान गर्छौं। चर्चमा भेला भएर उहाँ किन जन्मनु भएको भन्दै त्यसको बारेमा बताउने र गीतहरु गाएर चाड मनाउछौ ।’ प्रभु ख्रष्टिको जन्म सारा मानवको मुक्तिदाताको रुपमा भएको उनको भनाई थियो । 

क्रिसमस–ट्री प्रयोग गर्नुको कारण हरियालीको लागि भएको उनको भनाई छ ।  ‘हरियो रुखले सधैँ उर्जा दिन्छ । हिउँदको सुख्खा सिजनमा पनि हरियाली देखिन्छ ।’–उनले भनिन् । 

त्यस्तै, गैरआवासीय विभागका प्रमुख डा. प्रकाश मेघी गुरुङले अमेरिकामा बसेको १७ वर्षको अनुभवमा कुनैपनि वर्ष नेपालमा आएर क्रिसमस मनाउने अवसर नपाएपनि यसपाली त्यो मौका पाउँदा खुशी लागेको सुनाए । येशु ख्रीष्ट सधैँ अमर छन् भन्दै उनले भने,‘हरेक मानिस जीउनको लागि जन्मन्छ र उ अन्त्यमा मर्नुपर्छ । तर येशु ख्रिष्ट मर्नको लागि जन्मेपनि उहाँ सधैँ जिउँदै हुनुहुन्छ ।’ 

उनले धेरै शक्तिशाली मानिसहरु जन्मे र सबैको मृत्यु भएर उनीहरुको शव चिहानमा भएको बताउँदै येशु ख्रीष्ट भने सधैँ जिवित भएको जिकिर गरे । येशुको मृत्युमा स्वर्गदुत र गोठालाहरुले खुशी मनाएको सुनाए । उनले आजपनि ईसाईहरु त्यही खुशी मनाइरहेको सुनाए । अमेरिकामा खिष्ट्रियन जम्मा ३३ प्रतिशत मात्रै रहेको भन्दै उनले क्रिसमसमा भने निकै झिलिमिली र भव्य रुपमा मनाउने सुनाए । उनले येशु ख्रीष्टको जन्म मानिसहरुलाई जीवन दिन भएको बताए । खिष्ट्रियनहरुमा एकआपसमा भाइचारा हुनुपर्नेमा उनले जोड दिए ।