• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

ताङतिङगाउँमा यसकारण खुशियाली



कास्की । कास्कीको मादी गाउँपालिका–२ को पर्यटकीय क्षेत्र ताङतिङगाउँमा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पुर्याइएपछि खुशियाली छाएको छ । विसं २०५४ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा गाउँ नजीकको खोलाबाट २७ किलोवाट क्षमताको लघुजलविद्युत्मार्फत बत्ती बाल्दै आएका स्थानीयवासी मागअनुसारको बिजुली बाल्न पाएका थिएनन् ।

लघुजलविद्युत्ले गाउँ नै उज्यालो बनाए पनि केही वर्षअघिदेखि ठूला विद्युतीय सामग्री सञ्चालन गर्दा पावर नधान्ने तथा पटक–पटक बत्ती गइरहने समस्या भोग्दै आएका स्थानीयवासी प्राधिकरण लाइन विस्तारसँगै खुशी भएको सो वडाका वडाध्यक्ष एकजङ्ग गुरुङले बताउनुभयो ।

वडाका १८३ घरधुरीमा नै बत्ती पु¥याउने योजनाअनुसार अधिकांशमा लाइन जोडिसकिएको बताउँदै अध्यक्ष गुरुङले भन्नुभयो, “गाउँलेमा अहिले खुशीको सीमा छैन, बिजुलीको समस्याबाट हैरानी पाएका हामीहरुले लामो प्रयत्नपछि बत्ती बाल्न पाएका छौँ ।”

गत आव २०७५÷७६ मा घ्याब्राङ, सेतीखोला रोँहीगाउँसम्म प्रसारण लाइन पुगेकामा चालू आवको चार महिनामा पाँच किमी लाइन विस्तार गरेर माथि ताङतिङसम्म प्रसारण लाइन पु¥याइएको हो । गाउँका धेरै घरमा अहिले होमस्टे ९घरबास० शुरु भएको छ । गाउँमा पाहुना बढ्दै जाने तर बत्ती नभएर अँध्यारोमा राख्नुपर्ने समस्या हटेकाले पर्यटकलाई समेत सहज हुने विश्वास स्थानीयवासी गुमान गुरुङले व्यक्त गर्नुभयो ।

प्राधिकरण लेखनाथ शाखाप्रमुख पवन पौडेलले ताङतिङ नजीकको मादी–१ का सोधा, खिलाङ, पार्चे र सिक्लेसमा समेत केही महिनाभित्रमा केन्द्रीय प्रसारण लाइन पु¥याइने जानकारी दिनुभयो ।