३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव



महेन्द्रनगर (धनुषा), २१ वैशाख : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव सोमबार जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित मिथिला हस्पिटालिटीको पाँचतारे होटलको शिलान्यास कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर : निरंजनकुमार साह/रासस
अ+ अ-

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारले आफ्नो गतिमा काम अगाडि बढाइरहेको बताउनुभएको छ ।

आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गठबन्धन दलहरूबीच कुनै मतभिन्नता नरहेको र सरकारले आफ्नो गतिमा जनपक्षीय काम गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री यादवले चालु आर्थिक वर्षमा विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयन र आगामी आर्थिक वर्षमा उपलब्धिमूलक क्षेत्रमा लगानी गर्ने गरी योजना छनोटमा सरकारको ध्यान रहेको उल्लेख गर्नुभयो ।

कांग्रेस मधेस प्रदेश सभापतिसमेत रहनुभएका मुख्यमन्त्री यादवले नेपाली कांग्रेसभित्र कुनै प्रकारको विमति नभएको पनि स्पष्ट पार्नुभयो । रासस