२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेक्वान्दोमा नेपाली खेलाडीलाई चार स्वर्ण



अ+ अ-

काठमाडौँ। चीनको हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण जितेका छन् ।

नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङले दुई स्वर्ण जित्नुभयो । भिजनले व्यक्तिगत पुम्सेको १९ वर्षमुनि उमेर समूहमा र ४९ केजी तौल समूहमा स्वर्ण जित्नुभएको हो ।

यस्तै आयुष बोहराले पनि स्वर्णसहित कांस्य पदक हात पार्नुभयो । ब्रेकिङ इभेन्टमा स्वर्ण जित्नुभएका आयुशले व्यक्तिगत पुम्सेमा भने कांस्यमा सीमित हुनुभयो ।

सन्दीप बस्नेतले पनि ब्रेकिङमा स्वर्ण जित्नुभयो । प्रतियोगिता मे २ देखि ४ तारिखसम्म चीनको सान्यामा भएको थियो । रासस