१२ श्रावण २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट



अ+ अ-

दुबई। मध्यपूर्व युद्धको क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा इरानले गरेको आक्रमणपछि मार्चमा दुबई विमानस्थलको यात्रु आवागमनमा दुई तिहाइले कमी आएको इमिरेट्सको सञ्चार कार्यालयले सोमबार एक विज्ञप्तिमा जानकारी गराएको छ ।

अन्तर्राष्ट्रिय यात्रु ट्राफिकका लागि विश्वकै सबैभन्दा व्यस्त मानिने दुबई इन्टरनेशनल विमानस्थलमा यात्रुको सङ्ख्या घटेर २५ लाखमा झरेको दुबई सञ्चार कार्यालयले जनाएको छ ।

अमेरिका–इरान युद्धका कारण मध्यपूर्वमा तनाव बढ्दा विमानस्थलले क्षेत्रीय अवरोधको सामना गर्नुपरेको र यसले हवाई क्षेत्र क्षमता र उडान तालिकामा उल्लेखनीय रूपमा बाधा पुर्याएको छ ।

दुबई सञ्चार कार्यालयले अगाडी भनेको छ, “युएई भित्रको हवाई क्षेत्र अब पूर्ण रूपमा पुनस्र्थापित भएको छ, दुबईका विमानस्थलहरू उपलब्ध क्षेत्रीय मार्ग क्षमतासहित उडान बढाउन निर्णायक रूपमा अघि बढिरहेका छन् ।”

अमेरिका–इजरायल आक्रमणको इरानले गरेको बदलामा तेल सम्पन्न युएईले कैयौँ पटक दुबई इन्टरनेशनललाई निशाना बनाएको थियो ।

सन् २०२६ को पहिलो त्रैमासिकमा त्रैमासिक ट्राफिक २१ प्रतिशतले घटेर एक करोड ८६ लाखमा झरेको थियो । दुबई इन्टरनेशनलले गत वर्ष सबैभन्दा बढी नौ करोड ५२ लाख यात्रुलाई सेवा दिउको थियो । यो सङ्ख्या यो वर्ष नौ करोड ९५ लाख पुग्ने आशा गरिएको थियो।

दुबई एयरपोर्टका कार्यकारी प्रमुख पल ग्रिफिथ्सले भन्नुभयो, “विगत केही हप्तामा भएका असाधारण घटनाहरूले कुनै पनि प्रमुख विमानस्थलका लागि अकल्पनीय परिणाममा सावित बनेका छन् । (रासस/एएफपी)