१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटनामा १० जना घाइते



अ+ अ-

पर्वत। म्याग्दी सदरमुकाम बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६७५ नम्बरको विद्युतीय सवारी मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत सदरमुकाम कुश्मा नजिकै माझमेलामा आज दुर्घटना भएको छ ।

सो दुर्घटनामा परी १० जना घाइते भएका छन् । तीव्र गतिमा गुडिरहेको गाडी चिप्लिएर नालीमा खसेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते हुनेमा म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाता तोपानीका ६० वर्षीया देवी खत्री, कास्की, पोखरा महानगरपालिका–१३ बस्ने  ५५ वर्षीय लालवीर दमै, सोही ठाउँकी २५ वर्षीया सीता परियार, पर्वतको जलजला गाउँपालिका–२ की ३८ वर्षीया लिला परियार, उनका छोरा आठ वर्षका दिप्सन परियार घाइते भएका छन् ।

यसैगरी ४९ वर्षीय विष्णु दमै, १९ वर्षीय सुस्मिता दमार्इं, पोखरा महानगरपालिका–१० बस्ने ३८ वर्षीया सुशीला थापा ५० वर्षीया लिला थापा रहेको प्रहरीले जनाएको छ ।

सबै घाइतेको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ । घाइते अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको छ । सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । रासस




भर्खरै