१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशले नेपाललाई दियो २९८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत टेस्ट राष्ट्र बंगालदेशले नेपालसामु २ सय ९८ रनको विजयी लक्ष्य दिएको छ ।

दुबईको सारजाह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ९७ रन बनायो ।

बंगलादेशका लागि प्रान्तिक नबिलले अविजित रहदै १ सय २७ रनको शतकीय इनिङ्स खेले ।

रिटायर्ड हर्ट भएका मोहमद फाहिमले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा एच मोल्लहले २२ रन बनाए ।

यस्तै, मेहरुब हसन र इफ्ताकर होसेनले २१/२१ रनको योगदानी दिए भने महफिजुल इस्लामले १७ रन जोडे ।

नेपालका गुलशन झा,तिलक राज भण्डारी र मोहमद आदील आलमले १/१ विकेट लिए ।