११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

‘संविधान संशोधनअघि साझा धारणा बनाउन कार्यदल सक्रिय, संसद छल्ने नियत छैन’ रास्वपा सांसद

‘संविधान संशोधनअघि साझा धारणा बनाउन कार्यदल सक्रिय, संसद छल्ने नियत छैन’ रास्वपा सांसद
अ अ+ अ-

काठमाडौँ। संविधान संशोधनका लागि गठित कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले हालको कार्यदलले संविधान संशोधनको आधिकारिक प्रक्रिया शुरु हुनुअघि घनिभूत छलफल र साझा धारणा तय गर्ने काम गरिरहेको बताउनुभएको छ ।

नेपाल ल सोसाइटी र कन्स्टिच्युसन वाच ग्रुपद्वारा आयोजित एक कार्यक्रममा बोल्दै सांसद आचार्यले यस्तो बताउनुभएको हो । उहाँले यो कार्यदलले खासगरी संविधानमा संशोधन आवश्यक भएका विषयहरू पहिचान गर्ने र त्यसमा राजनीतिक दलहरूबीच सम्भव भएसम्म साझा सहमति जुटाउने कार्यादेश पाएको प्रष्ट पार्नुभयो ।

सांसद आचार्यकाअनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहको संयोजनमा गठित यस कार्यदलमा संसदमा रहेका नौवटा राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन् । संयोजक शाहले प्राविधिक रूपमा समन्वयको भुमिका मात्र निर्वाह गरेको र विषयवस्तुमा सरकारको छुट्टै ‘स्टेक’ नरहेको बैठकमा प्रष्ट पारिसकेको आचार्यले जानकारी दिनुभयो ।

संविधान संशोधनको प्रक्रियामा संसदलाई छल्न खोजिएको भन्ने आशंकाको खण्डन गर्दै आचार्यले यो कार्यदलको प्रतिवेदनपछि मात्रै औपचारिक कानूनी प्रक्रिया शुरु हुने बताउनु भयो । कार्यदलले सिफारिस बुझाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संशोधन विधेयक तयार भई संसदको दुवै सदनमा पेस हुने र त्यहाँ व्यापक छलफल हुने उहाँको भनाइ छ ।

  विगतको संविधान सभाको अनुभव सुनाउँदै आचार्यले यसपटक प्राविधिक र कार्यगत स्पष्टतामा बढी ध्यान दिनुपर्ने सुझाव दिनुभयो । विगतमा प्रदेशको संख्या र नामजस्ता विषयमा धेरै समय खर्चिएको तर संघ, प्रदेश र स्थानीय तहको ‘अधिकारको सूची’ मा पर्याप्त छलफल हुन नसकेको उहाँले स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अहिले बहस पत्र तयार गर्ने चरणमा छौँ । सबै नौवटा दलका प्रतिनिधि, विज्ञ र सरोकारवालाहरूसँग छलफल गरेर निष्कर्षमा पुग्ने हाम्रो लक्ष्य हो । दलहरूबीच सहमति हुन नसकेका विषयहरूलाई ‘पार्किङ लट’ का रूपमा प्रतिवेदनकै एक भागमा समावेश गरिनेछ, ताकि कुनै पनि दलको फरक मत नछुटोस् । हामी विधेयक उठान हुनुभन्दा अगाडिको गृहकार्यमा छौँ, त्यसैले यसलाई संसद छल्न खोजिएको रूपमा बुझ्नु हुँदैन ।

अहिलेको मुख्य आवश्यकता भनेको तीनवटै तहका अधिकारहरूलाई स्पष्ट पार्नु र कार्यगत अन्योल हटाउनु हो । हामीले संविधानलाई अझ बढी कार्यमैत्री र सुलभ बनाउनुपर्छ । हिजोका केही जटिलताहरूलाई हटाएर संविधानलाई ‘स्मूथ’ बनाउनु नै अहिलेको मुख्य उद्देश्य हो ।’

सांसद आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो एकल एजेण्डा लाद्नुभन्दा पनि सबै दलको सहमति र मुलुकको हितलाई प्राथमिकता दिएर अघि बढ्न चाहेको उल्लेख गर्नुभयो । संविधान संशोधनमा साझा सहमति जुटाउन सकिए भोलिका दिनमा कार्यान्वयन प्रक्रिया सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ समीक्षा बाँस्कोटाले संविधान संशोधनको बहस केवल राजनीतिक एजेण्डामा मात्र सिमित नभई सुशासन र जनचाहना सम्बोधन गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताउनु भयो । संविधान कार्यान्वयनको एक दशक पुग्न लाग्दा यसका सबल र दुर्बल पक्षबारे गम्भीर समीक्षा गर्ने बेला आएको उल्लेख गर्नुभयो ।

नेतु बाँस्कोटाले वर्तमान संविधान र कानूनहरू सर्वसाधारणले बुझ्नसक्ने गरी सरल नभएको टिप्पणी गर्नुभयो । संविधान निर्माणका क्रममा कतिपय विषयहरू अस्पष्ट राखिएको र व्याख्याका लागि धेरै ठाउँ छोडिँदा त्यसले राजनीतिकरणको बाटो खोलेको उहाँको तर्क छ ।

उहाँले राज्यको आर्थिक भार कम गर्ने र स्रोतको दुरुपयोग रोक्ने विषयमा स्पष्ट दृष्टिकोण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अबको संविधानले नयाँ पुस्ता ९जेन–जी०, डिजिटल युग र आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० जस्ता आधुनिक प्रविधि र परिवर्तनशील समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो। आगामी २०–३० वर्षको नेपालको चित्र कस्तो हुने भन्ने दीर्घकालीन सोचका साथ संविधान परिमार्जन गरिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘संविधान बनाउँदाको हाम्रो मनसाय र सरकारले गर्ने कामबीच तालमेल मिलेन । सरकारलाई हामीले धेरै खेल्ने ठाउँ दियौँ, जसले गर्दा सुशासन कायम हुन सकेन ।  हामी प्रदेशको संख्या घटाउने वा बढाउने, स्थानीय तह वा प्रतिनिधि सभाको संख्या थपघट गर्ने जस्ता प्राविधिक विषयमा मात्र अल्झिनु हुँदैन । जबसम्म सुशासनको प्रत्याभुति हुँदैन र भ्रष्टाचार अन्त्य हुँदैन, तबसम्म प्रशासनिक संरचनाको फेरबदलले मात्र कुनै अर्थ राख्दैन ।’

संविधान संशोधनको प्रक्रियामा कानुनविद् र विज्ञहरूको भुमिका महत्वपूर्ण हुने भन्दै उहाँले विज्ञहरूलाई स्वतन्त्र र निष्पक्ष भएर सुझाव दिन आग्रह गर्नुभयो ।

हिजोका दिनमा पनि विज्ञहरूकै परामर्शमा संविधान निर्माण भएको स्मरण गर्दै उहाँले अबका त्रुटिहरू सुधार्न उनीहरू नै जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो ।

संविधान संशोधनको विषय संसदकै क्षेत्राधिकार भएको स्पष्ट पार्दै उहाँले यसलाई सही दिशामा अगाडि बढाउन राजनीतिक दलहरूमा स्पष्टता हुनुपर्ने बताउनु भयो ।– न्युज एजेन्सी नेपाल