११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका

सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका
अ अ+ अ-

इलाम। फाकफोकथुम गाउँपालिकाभित्र पानीका तीन ठूल–ठूला मुहान् छन् । वडा नं १ पञ्चमीस्थित पाण्डव धारा, पचेवा मुहान र वडा नं ५ लुम्देमा रहेको जलकन्या यहाँका प्रमुख पानीका स्रोत हुन् ।

मुख्य तीन मुहानसहित बागमती सिमसार, ढापसीम पोखरी, लुम्देपोखरी, उत्तरेपोखरी, दारीपाले पोखरीलगायत सिमसार क्षेत्र संरक्षण गर्न गाउँपालिकाले रु एक करोडभन्दा बढी बजेट खर्चेको छ । सिमसार संरक्षणमा कोशी प्रदेश सरकार र स्थानीयको लगानी छ ।

पालिकाले चार वर्षअघि रु १० लाख लगानी गरेर वडा नं ६ हाङवाचुलीमा ढापसीम पोखरी संरक्षण सुरु गरेको हो । यसका लागि कोशी प्रदेश सरकारले रु १५ लाख विनियोजन गरेको थियो । पोखरी विस्तार हुने क्षेत्रको २७ रोपनी जग्गा स्थानीयले निःशुल्क प्रदान गरेका छन् ।

अहिले पोखरीमा बाँध निर्माण गरिएको छ । पोखरी वरिपरिको सडक र विश्रामस्थल निर्माण भइसकेका छन् । पोखरी विस्तार गरी डुङ्गा सञ्चालन गर्ने र आन्तरिक पर्यटकलाई थप आकर्षित गर्न बगैँचा निर्माण, सुरक्षाका लागि रेलिङ निर्माण लगायतका काम गर्ने सोच रहेको स्थानीय भीम श्रेष्ठले बताउनुभयो ।

वडा नम्बर ५ को लुम्देमा पोखरी बनाउन ३३ रोपनी जग्गा खरिद गरिएको छ । दुई वर्षअघि पोखरीसम्म बाटो बनाउन गाउँपालिकाले रु ३० लाख खर्च गरेको थियो । हाल पोखरीको मुहान संरक्षण गर्ने कार्य सकिएको छ । बाँकी काम गर्न प्रदेश सरकारसँग बजेट माग गरिएको गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालले बताउनुभयो ।

“तेत्तीस रोपनी जग्गा वडाको नाममा किनेका छौँ । सरकारी र किनेको गरेर ४५ रोपनी बढी क्षेत्रफलमा पोखरी छ”, अध्यक्ष खनालले भन्नुभयो, “सीमसार संरक्षण गर्न अभियान चलाएका हौँ । व्यक्ति व्यक्तिले जनही रु २० हजार उठाएर जग्गा किनेका छौँ ।”

इलाममा पानीका स्रोत सुक्दैछन् । अहिले संरक्षण नगरे भविष्यमा सुक्खा क्षेत्र हुने जोखिम भएकाले लगानी बढाइएको अध्यक्ष खनालको भनाइ छ । “हाम्रो अभियान सिमसार संरक्षण गर्नु हो । यसमा प्रदेश सरकारको साथ छ । स्थानीय आफैँ जुटेका छन्”, उहाँले भन्नुभयो ।

वडा नं ६ स्थित बागमती सिमसार र ढापसीम पोखरी संरक्षण भइरहेको छ । फाकफोकथुम–१ र पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालीकाको सीमा क्षेत्रमा उत्तरे पोखरी छ । उक्त पोखरीको संरक्षण फाकफोकथुमले कम फाल्गुनन्दले बढी गरिरहेको छ । तर, पोखरी दुवै पालिकाको सीमामा पर्छ । फाकफोकथुमले दारीपाले पोखरीको संरक्षण भर्खरै सुरु गरेको छ ।

वातावरण संरक्षण गर्दै पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पश्चिमी इलामको फाकफोकथुम गाउँपालिका सिमसार क्षेत्र संरक्षण गर्न जुटेको हो । यहाँ पर्याप्त पानीको स्रोत भएको र प्राकृतिक हिसाबले रमणीय ठाउँहरु रहेकाले ग्रामीण पर्यटन विकासको राम्रो सम्भावना रहेको त्यहाँ घुम्न जानुभएकी गायत्री थेगिमले बताउनुभयो ।

“रमणीय डाँडाकाँडा, पोखरी, चियाबारी लगायतले फाकफोकथुम पुग्ने जो कोहीका लागि मनमोहक लाग्छ । आजभोलि पोखरी क्षेत्रमा रमाउन पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ”, थेगीमले भन्नुभयो । मेची राजमार्गको राँकेबाट करिब आठ किलोमिटर दूरीमा रहेको हाङवाचुली पुग्न सडक पक्की बन्ने क्रममा छ ।

फाकफोकथुम गाउँपालिका इलाम सदरमुकामदेखि ६० किलोमिटर पश्चिममा पर्छ । करिब २० हजार हाराहारी जनसङ्ख्या रहेको उक्त पालिकामा लिम्बू जातिको प्रमुख बसोबास छ । फाकफोकथुम जडिबुटी तथा कृषि उपज उत्पादनको उर्बर भूमि हो । रासस