११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग

जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
अ अ+ अ-

बर्लिन। जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले आइतबार इरानका समकक्षी अब्बास अराघचीसँगको टेलिफोन वार्तामा ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न माग गर्नुभएको छ ।

फोनवार्तामा उहाँले इरानलाई आणविक हतियार कार्यक्रम त्याग्न पनि सुझाब दिनुभएको जर्मनीको विदेश मन्त्रालयले जानकारी गराएको छ।

“मैले उहाँसँग जर्मनी अमेरिका–इरानबिच वार्तामार्फत् युद्ध अन्त्यको समाधानको पक्षमा दृढ रहेको बताएको छु,” विदेशमन्त्री वाडेफुलले फोनमार्फत् भएको कुराकानीको बारेमा एक्समा गरेको एक पोस्टमा उल्लेख गर्नुभएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले माग गरेबमोजिम इरानले आणविक हतियार पूर्ण रूपमा परित्याग गर्नुपर्ने र ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने अमेरिकी निकट सहयोगीको रुपमा हाम्रो एउटै लक्ष्य रहेको वाडेफुलले बताउनुभयो ।

हालैका दिनहरूमा वाडेफुल र अन्य जर्मन अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्जबीचको विवाद कम गर्ने प्रयास गरिरहेका छन्।

मर्जले अप्रिल २७ मा भन्नुभएको थियो, “इरानले वार्ताको टेबलमा वाशिङ्गटनलाई ‘अपमानित’ गरिरहेकाले वाशिङ्गटनबाट आक्रोशित प्रतिक्रियाहरूको श्रृङ्खला आएका छन्। यो अन्त्य हुनुपर्छ ।”

अमेरिकाले गत शुक्रबार जर्मनीमा रहेको अमेरिकी सैन्य अखडाबाट पाँच हजार सैनिक हटाउने घोषणा गरेको थियो र ट्रम्पले आगामी दिनमा युरोपेली सङ्घबाट आउने कार र ट्रकमा अमेरिकी करवृद्धिलाई १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने घोषणा गर्नुभएको थियो ।

ट्रम्पले गत ग्रीष्म ऋतुमा हस्ताक्षर गरिएको व्यापार सम्झौताको पालना गर्न सम्पूर्ण इयू असफल भएको आरोप लगाउनुभएको सम्झौता ईयूको विधायी प्रक्रियाबाट गुज्रिरहेको छ ।

नयाँ करले जर्मनीको ठूला कार उद्योगलाई प्रभावित पार्नेछ । अप्रिलको सुरुमा युद्धविराम लागू भएदेखि इरानमाथि अमेरिका–इजरायल युद्ध अन्त्य गर्ने प्रयासमा थोरै स्पष्ट प्रगति भएको छ र त्यहाँ नयाँ वृद्धिको बारेमा चिन्ता बढ्दै गएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानले बुझाएको नयाँ योजनाको समीक्षा गर्ने बताउनुभएको छ । उहाँले थप्नुभयो, “मेरो विचारमा इरानले ‘अझै ठूलो मूल्य चुकाएको छैन’।”

इरानको रिभोलुसनरी गाड्र्सले आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाले इरानसँग ‘असम्भव कारबाही वा खराब सम्झौता’ मध्ये एउटा रोज्नुपर्ने बताएको छ।

जर्मनीका चान्सलर मर्ज इरान युद्धको आलोचक रहँदै आउनुभएको छ । मर्ज र अन्य युरोपेली नेताहरूले स्ट्रेट अफ हर्मुजको बन्दबाट हुने आर्थिक गिरावटको बारेमा विशेष चिन्ता व्यक्त गरेका छन्।

युद्ध सुरु हुनुअघि विश्वको तेलको आपूर्तिको लगभग पाँच भागको एक भाग महत्त्वपूर्ण जलमार्ग हर्मुज हुँदै आएको थियो।  (रासस/एएफपी)