१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी र नेकपा मसाल सम्पर्क केन्द्रबीच एकता



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच एकता भएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेकपा (मसालंबाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादी केन्द्रबीच एकता भएको हो ।

मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुमा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो । सोही समूहले माओवादी केन्द्रसँग एकता गरेको हो । 

माओवादीमा विलय भएको सो समूहले ३९ जिल्लामा आफूहरुको संगठन रहेको बताएको छ ।