११ भाद्र २०८३, बिहीबार
,
Latest
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह निर्वाचन लक्षित गर्दै रास्वपाद्वारा उम्मेदवार छनोट रूपरेखा मस्यौदा सभापतिलाई हस्तान्तरण



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट सम्बन्धी तयारी अघि बढाएको छ। यसैक्रममा ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ को मस्यौदा प्रतिवेदन पार्टीको सचिवालय बैठकमा पेश गरिएको छ।

उक्त मस्यौदा प्रतिवेदन उम्मेदवार छनोट रूपरेखा निर्माण समितिको तर्फबाट पार्टी सभापति रवि लामिछानेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। पार्टीले आगामी निर्वाचनमा पारदर्शी, योग्य र जनमुखी उम्मेदवार चयन गर्ने उद्देश्यले रूपरेखा तयार पारिएको जनाएको छ।

पार्टीका अनुसार मस्यौदामा उम्मेदवारको योग्यता, मूल्यांकनका आधार, छनोट प्रक्रिया तथा स्थानीय तहको आवश्यकतालाई प्राथमिकतामा राख्ने विषय समेटिएका छन्। पार्टीभित्र आन्तरिक छलफलपछि उक्त मस्यौदालाई अन्तिम रूप दिइने बताइएको छ।