काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सफल भएको छ। महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरेको थियो ।
मंगलबार बिहान पेट दुःदा स्वास्थ्य उपचारका लागि सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले शल्यक्रिया गरेका हुन्।
स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्ने निर्णयमा चिकित्सकहरू पुगेका थिए। यो सामान्य शल्यक्रियामात्र हो।