२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरको होटलमा चिनियाँ नागरिक मृत फेला



अ+ अ-

चितवन । भरतपुरको एक होटलमा चिनियाँ नागरिक मृत अवस्थामा भेटिएका छन् ।

भरतपुरको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

असार १० गतेदेखि उक्त होटलमा बस्दै आएका छाङ्गसिन क्यान्सर पीडित थिए । उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

छाङ्गसिन आईतबार बिहान करिब नौ बजेतिर होटलको कोठाभित्र मृत फेला परेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।