• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

फणीन्द्र देवकोटा पुन: ऊर्जा मन्त्रीमा नियुक्त



पोखरा । नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुन: मन्त्री नियुक्त भएका छन् ।

सर्वोच्चबाट मुद्दा जितेर संसद छिरेका देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गत जेठ २८ गते माओवादीको निर्णयविपरीत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्टै मन्त्री नियुक्त भएका थिए । माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीको निर्णयअनुसार सभामुख कृष्णप्रसाद धितालले जेठ ३२ गते देवकोटालाई पदमुक्त गरेका थिए ।

माओवादीको निर्णयमा सभामुखले पदमुक्त गरेपछि त्यसको विरुद्धमा सर्वोच्च पुगेका देवकोटालाई प्रदेश सभा सदस्यकै हैसियतमा काम गर्न भनि आदेश भएको थियो ।