१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान



अ+ अ-

काठमाडौँ। नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ प्रभावित व्यक्ति र उनीहरूको परिवारको कानुनी र मौलिक हकका बारेमा नीतिगत सम्मान र आर्थिक सहयोग गरेको छ ।

प्रतिष्ठानले आज २५ जना कुष्ठ प्रभावितलाई प्रतिव्यक्ति रु २० हजारका दरले आर्थिक सहयोग गरेको हो । कुष्ठ प्रभावित व्यक्तिको अधिकारका लागि सक्रिय १२ वटा संस्थाको सिफारिसमा उनीहरूलाई सम्मान गरिएको प्रतिष्ठानका सभापति कृष्णमान प्रधानले जानकारी दिनुभयो ।

मुलुकभर रहेका करिब दुई लाख कुष्ठप्रभावित व्यक्ति रहेको अनुमान छ । आर्थिक सहयोग पाएपछि उनीहरूले जीविकोपार्जनका लागि व्यवसाय गर्ने तयारी गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सभापति प्रधानले कुष्ठ प्रभावित व्यक्तिहरूको कानुनी र सामाजिक दृष्टिकोणबाट सुधार गर्नका साथै आर्थिक रूपमा पनि सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो । रासस