२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्छ : नेता आचार्य

शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्छ : नेता आचार्य
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य इञ्जिनीयर मोहन आचार्यले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

दुर्गम हिमाली जिल्ला रसुवाबाट पहिलोपटक काँग्रेस केन्द्रीय सदस्य निर्वाचित हुनुभएका आचार्यको सम्मानमा नेपाल विद्यार्थी सङ्घ रसुवा र नेपाल तरुण दल रसुवाले आज यहाँ आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा बोल्दै उहाँले समृद्ध नेपाल निर्माणका लागि सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।

“काँग्रेसलाई ठूलो पार्टीमात्र होइन, जनताको लोकप्रिय पार्टी बनाउनुपर्छ, विदेशीएको श्रम शक्तिलाई स्वदेशमा नै रोजगार दिने वातावरण काँग्रेसले निर्माण गर्छ, अग्रजको अनुभव र युवाको जोसलाई सँगै लिएर काँग्रेस अगाडि बढ्छ,”– उहाँले भन्नुभयो ।

काँग्रेस रसुवाबाट निर्वाचित सांसदसमेत रहनुभएका नेता आचार्यले काँग्रेसले मुलुकको विकासका लागि जलविद्युत, पर्यटन र कृषिलाई प्राथमितामा राखेर काम गर्ने उल्लेख गर्नुभयो । विस २०३३ चैत २९ गते रसुवाको लहरेपौवामा जन्मनुभएका नेता आचार्यले विस २०५६ सालमा पार्टीको क्रियाशिल सदस्यता लिएर काँग्रेस पार्टीबाट सक्रिय राजनीति गर्दै आउनुभएको थियो ।

उहाँले काँग्रेसको १४ औँ महाधिवेशन सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, आफूलाई विजयी गराउने देशभरका पार्टीका जिल्ला सभापति, क्षेत्रीय सभापति एवम् महाधिवेशन प्रतिनिधीहरुलाई धन्यवाद समेत दिनुभयो ।

विकास निर्माणको वजेट तथा अनुदानलाई सही ढङ्गले कार्यान्वयन गरेमात्र मुलुकको विकासले गति लिने उहाँको भनाई थियो । काँग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवम् दिगो परियोजना केन्द्रित बिशेष समितिको सदस्यसमेत रहनुभएका आचार्य रसुवामा सांसद निर्वाचित भएसँगै ‘समृद्ध रसुवा’ निर्माण अभियान सुरु गर्नुभएको थियो ।

विस २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा रसुवाबाट निर्वाचित सांसद आचार्यको पहलमा रसुवामा विगत चार वर्षमा विभिन्न खालका विकास निर्माणले तीव्रता पाएको छ ।