२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान



अ+ अ-

काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज १० विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार २०८२ प्रदान गरिएको छ ।

भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र समाजशास्त्रलगायत विधामा साधनारत विशिष्ट स्रष्टालाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारमा राष्ट्रियतर्फ एक लाख रुपैयाँ र प्रादेशिकतर्फ ५० हजार रुपैयाँ राशि रहेको छ ।

प्रज्ञा पुरस्कार समालोचनातर्फ प्रा डा अभि सुवेदी, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, गद्य साहित्यतर्फ आहुतिलाई, भाषातर्फ प्रा मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ प्रा डा सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, अनुवादतर्फ डा सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत), मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेस तराई)तर्फ अमरेन्द्रकुमार यादवलाई पुरस्कृत गरियो ।

त्यसैगरी प्रज्ञा प्रादेशिक पुरस्कार पाउनेमा कोशीमा मलिसा याक्थुम्बा लिम्बू (महेन्द्रकुमार नेम्वाङ), मधेस प्रदेशतर्फ मुना चौधरी, बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना, गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर, कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य, सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल सोडारी हुनुहुन्छ ।

कुलपति भूपाल राईले भाषा, साहित्य, संस्कृति र समाजशास्त्रलगायतका ज्ञानका विविध आयाममा साधनारत प्रतिनिधिमूलक प्रतिभालाई प्रज्ञा पुरस्कार दिन पाएकामा गौरवबोध भएको बताउनुभएको थियोे । रासस




भर्खरै