२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

जापानमा टीभी स्क्रिन ‘चाटेर’ खानेकुराको स्वाद लिन मिल्ने अनौठो प्रविधि

जापानमा टीभी स्क्रिन ‘चाटेर’ खानेकुराको स्वाद लिन मिल्ने अनौठो प्रविधि
अ अ+ अ-

एजेन्सी । जापानी प्रोफेसरले चाट्न मिल्ने ‘लिकेबल’ टिभी स्क्रिनको प्रोटोटाइप सार्वजानिक गरेका छन् । यसलाई ‘टेस्ट द टीभी’ भन्ने नाम दिइएको छ जसका दशवटा ‘क्यानिस्टर’ ले स्वादहरु स्क्रिनमा स्प्रे गरिदिन्छ र दर्शकलाई चाट्नका लागि भनेर ‘हाइजिनिक’ अर्थात सफा फिल्म रोल गरिदिनेछ ।
 
यसको परीक्षण गर्न पुगेकी एक विद्यार्थीले स्क्रिनमा गएर आफूले गुलियो चकलेट खान चाहेको बताएकी थिइन् । त्यस लगत्तै उनको अर्डर स्क्रिनमा स्प्रे गरियो र चाटेर स्वाद लिइसकेपछि उनले दूधको चकलेट जस्तो स्वाद महसुस भएको बताएकी हुन् ।
 
निर्माता प्रोफेसर होमेइ मियाशिताले यसलाई खाना पकाउने कुकहरुलाई प्रशिक्षण दिन अधिक उपयोगी हुन सक्ने बताएका छन् । यदि व्यवसायिक रुपमा निर्माण सुरु भयो भने यसको मूल्य ८७५ डलर पर्ने अनुमान गरिएको छ ।
 
उनले संचार एजेन्सी रोटयर्ससँग भनेका छन्, “यसको मुख्य लक्ष्य भनेको मानिसहरुलाई दुनियाँको अर्को कुनामा रहेर या घरमै बसेर पनि टीभी स्क्रिनको रेस्टुरेन्टमा खाए जस्तै अनुभव दिलाउन सम्भव पार्नु हो  ”

यसमा उनले अझै धेरै स्वाद थप्नका लागि निर्माताहरुसँग स्वाद छर्किने स्प्रेको प्रविधिबारे  छलफल गरिरहेको बताएका छन् । उनले अबको भविष्य डाउनलोड गर्न मिल्ने ‘स्वाद’को रहेको समेत उल्लेख गरे ।

कोभिड–१९ को युगमा यस किसिमको प्रविधिले बाहिर निस्कन नपाएका मानिसलाई बाहिरी दुनियासँग जोड्न ठूलो मद्दत गर्न सक्ने दाबी गरेका छन् । तर, महामारीकै समयमा यसरी चाटेर स्वाद लिन मिल्ने टिभी कत्तिको उपयुक्त होला भनेर ट्विटरमा चर्को बहस चलिरहेको छ ।
 
यसअघि पनि प्रोफेसर मियाशिता र उनका विद्यार्थीले स्वादसँग जोडिएका विभिन्न उपकरणहरु निर्माण गरेका थिए । यसमा उनीहरुले खानालाई अझ स्वादिस्ट बनाउने विशेष किसिमको फोर्क चम्चा निर्माण गरेका थिए । बीबीसी