५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्वि: डब्ल्यूएचओ



अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व चरम उत्कर्समा पुगेको उल्लेख गर्दै विश्वव्यापी रूपमा चिकित्सा सुविधा र स्वास्थ्यकर्मीहरु माथिको आक्रमण बढिरहेको बताएको छ ।

अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा इरानमा हवाई आक्रमण गर्नु अघि विश्वव्यापी स्वास्थ्य सेवा र स्वास्थ्यकर्मी लक्षित आक्रमणको औसत सङ्ख्या प्रति दिन ३.७ रहेको उल्लेख गर्दै हाल यो सङ्ख्या बढेर ४.३ पुगेको डब्ल्यूएचओले जनाइएको छ ।

डब्ल्यूएचओले मध्यपूर्वमा द्वन्द्व सुरु भएदे खि ५० वटा निजी अस्पताल तथा स्वास्थ्य केन्द्रहरू बन्द गरिएको उल्लेख गर्दै १६ वटा अस्पतालहरूमा क्षति पुगेको जनाएको छ ।

जुन सुकै अवस्थामा पनि सबै भन्दा बढी आवाश्यक रहेको स्वास्थ्य सेवामा आक्रमण भईरहदा स्वास्थ्य सेवा प्रभाहको क्षमतामा नकरात्मक प्रभाव पारेको डब्लुएचओका आपतकालीन स्वास्थ्यसेवाका निर्देशक अल्ताफ मुसानीले बताउनु भएको छ ।

स्वास्थ्य सुविधाहरूमा भएका आक्रमणहरूले गाजामा चिकित्सा सेवाहरूको प्रावधानलाई पनि गम्भीर रूपमा असर गरेको छ, जहाँ हाल एउटा मात्र अस्पताल पूर्ण रूपमा सञ्चालनमा रहेको डब्ल्यूएचओले जनाएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले बारम्बार यी आक्रमणहरूको निन्दा गर्दै सम्बन्धित पक्षलाई जवाफदेही बन्न आह्वान गर्नु भएको छ ।

उहाँले लेबनानको पछिल्लो अवस्थालाई प्रकाश पादै उहाँका स्वास्थ्य सुविधाहरूमा १४९ वटा आक्रमणहरू भएको रेकर्ड गरिएको जनाउनु भएको छ ।




भर्खरै