१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीद्वारा राजीनामाको तयारी



अ+ अ-

काठमाडौ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिन लागेका छन् । सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि उनीहरुले राजीनामा दिन लागेका हुन् ।

त्रिविका उपकुलपति प्रा. डा. दिपक अर्याल, शिक्षाध्यक्ष प्रा. डा .खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले राजीनामा दिन लागेका हुन् ।

एक पदाधिकारुीले न्युजपोलारसंग भन्नुभयो “सरकारले भनेको भए हामीलाई छाड्न कुनै समस्या थिएन । तर राजनीतिक नियुक्ति हटाउन अध्यादेश नै गएपछि अब बस्न उपयुक्त लागेन । त्यसैले राजीनामा दिन लागेका छौ ।” उहाँले भन्नुभयो “आत्मसम्मानमा ठेस पुर्‍याएर बस्ने कुरा पनि भएन ।”

शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजालले उपकुलपति अर्याललाई राजीनामा दिने र अर्यालले विश्वविद्यालयका कुलपति एंव प्रधानमन्त्री बालेन शाहलाई राजीनामा दिने उहाँले जानकारी दिनुभयो ।