४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रास्वपामा अनुशासन र संगठनात्मक एकरूपता सम्बन्धी निर्देशन, निर्वाचन तयारीलाई तीव्रता

रास्वपामा अनुशासन र संगठनात्मक एकरूपता सम्बन्धी निर्देशन, निर्वाचन तयारीलाई तीव्रता
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक जारी रहेको छ।

बैठकमा हालसम्म भएका छलफलका विषयहरूबारे पार्टीभित्र आन्तरिक अनुशासन, संगठनात्मक एकरूपता र आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राखेर निर्देशनहरू जारी गरिएको छ।

प्रवक्ता मनिष झाका अनुसार सांसदहरूलाई आफ्नो लेटरहेड, परिचयपत्र तथा अन्य आधिकारिक कागजातमा एकरूपता अपनाउन स्पष्ट निर्देशन दिइएको छ। साथै, कुनै पनि आधिकारिक कागजातमा माननीय भन्ने सम्बोधन प्रयोग नगर्न समेत निर्देशन गरिएको छ।

त्यस्तै, पार्टीले आन्तरिक सिकाइ र क्षमता विकासलाई प्राथमिकता दिँदै सांसदहरूलाई मेन्टर तथा सल्लाहकारहरूसँगको अभ्यासलाई निरन्तरता दिन आग्रह गरेको छ। सकेसम्म धेरै सुझाव र मार्गदर्शन लिनुपर्नेमा जोड दिइएको बैठकमा सहभागीहरूले बताएका छन्।

आगामी निर्वाचनलाई लक्षित गर्दै वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। उक्त कार्यक्रममार्फत सम्भावित उम्मेदवारहरूको छनोट प्रक्रिया र निर्वाचन पूर्व प्रशिक्षण सञ्चालन गरिनेछ।

बैठकमा कुनै पनि नेताले आगामी निर्वाचनका लागि टिकट वा उम्मेदवारी सम्बन्धी व्यक्तिगत प्रतिबद्धता व्यक्त नगर्न कडा निर्देशन दिइएको छ। यदि यस्तो अभ्यास कहीँ भेटिएमा अनुशासनात्मक कारबाही हुने चेतावनीसमेत दिइएको छ।

पार्टी नेतृत्वले संगठनलाई संस्थागत, अनुशासित र प्रक्रियामुखी बनाउन यस्ता अभ्यासहरूलाई महत्व दिएको बताइएको छ।