६ श्रावण २०८३, बुधबार
,
Latest
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात भाडा ५ प्रतिशतले बढ्यो



अ+ अ-

काठमाडौँ । अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादरमा ५ प्रतिशतले वृद्धि गरिएको छ।

इन्धनको मूल्यमा भएको उल्लेखनीय परिवर्तनलाई आधार मानेर वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वतः लागू हुने व्यवस्था बमोजिम भाडा समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। नयाँ भाडादर आजदेखि लागू भएको छ।

विभागका अनुसार पछिल्लो पटक भाडा समायोजन गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर रु. १८०.८३ रहेकोमा हाल  वैशाख ३ गतेसम्म आइपुग्दा प्रतिलिटर रु. ५५ ले वृद्धि भई औसत मूल्य रु. २३५.८३ पुगेको छ। यसले अघिल्लो समायोजनको समयमा रहेको मूल्यको तुलनामा करिब ३०.४१ प्रतिशत वृद्धि देखिएको विभागको भनाइ छ।

इन्धन मूल्यमा भएको तीव्र वृद्धिका कारण सार्वजनिक यातायातको सञ्चालन खर्चमा परेको असरलाई ध्यानमा राख्दै र सरोकारवालासँगको छलफलपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिअनुसार भाडा समायोजन गरिएको विभागले स्पष्ट पारेको छ।

विद्युतीय सवारी साधन बाहेक दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने राष्ट्रियस्तरका रुटमा यात्रुवाहक बस तथा पहाडी र तराई मार्गमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा दर समान रूपमा ५ प्रतिशतले वृद्धि गरिएको छ।

यस प्रक्रियामा नेपाल ट्रक यातायात व्यवसायी महासंघले सक्रिय पहल गरेको बताइएको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले इन्धन मूल्यमा आएको अस्वाभाविक वृद्धि र सञ्चालन खर्चको दबाबका कारण व्यवसाय धरापमा परेको अवस्थामा वैज्ञानिक प्रणालीअनुसार भाडा समायोजन हुनु आवश्यक रहेको बताएका छन्।

उनले सरकारसँग निरन्तर छलफल र पहलपछि मात्र यो निर्णय सम्भव भएको दाबी गरे। यातायात व्यवसायीहरूले भाडा समायोजनलाई समयानुकूल र आवश्यक कदमका रूपमा स्वागत गरे पनि यात्रुहरूमा तत्कालै पर्ने असरलाई मध्यनजर गर्दै दीर्घकालीन रूपमा इन्धन मूल्य स्थिरीकरण र यातायात नीतिमा सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

यससँगै अन्तर प्रदेश मार्गमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नयाँ भाडा सूची समेत सार्वजनिक गरिएको विभागले जनाएको छ।




भर्खरै