२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु जोखिम विरुद्ध शहरी उत्थानशीलता सुदृढमा जापान सरकारको सहयोग



अ+ अ-

काठमाडौं, १६ बैशाख । नेपालको जलवायु जोखिम विरुद्ध शहरी उत्थानशीलता सुदृढ गर्ने सम्बन्धी परियोजनामा जापान सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीबीच साझेदारी भएको छ ।

विश्वव्यापी ‘क्लाइमेट प्रमिस’ पहल अन्तर्गत सञ्चालन गर्न लागिएको यो परियोजनाको नेपालका लागि जापानी राजदुत माएदा तोरु र नेपालका लागि युएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो ।

धनगढी उप–महानगरपालिकामा जलवायु परिवर्तनको जोखिम न्युनिकरणका लागि ‘मानवीय सुरक्षा र दिगो विकासका लागि स्मार्ट भवन तथा हरित पूर्वाधार’ परियोजना सञ्चालन गरिने भएको छ । परियोजनाको लागत १२ लाख ९६ हजार अमेरिकी डलर अर्थात करिव १९ करोड ५७ लाख नेपाली रुपैयाँ रहेको छ ।

कार्यक्रममा राजदुत माएडाले नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठको चर्चा गर्दै यो साझेदारीले दुई देशको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

 

उहाँले जापान सरकार नेपालका उच्च जोखिममा रहेका समुदायको उत्थानशीलता बढाउन प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । यस्तै, युएनडीपीकी आवासीय प्रतिनिधि योकोसुकाले परियोजना मार्फत सार्वजनिक भवनहरूको थर्मल रेट्रोफिटिङ, सिमसार क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित कुलिङ समाधानहरूमा परियोजनाका गतिविधि केन्द्रीत रहेको जानकारी दिनुभयो ।

नेपाल विश्वव्यापी औसतभन्दा झन्डै दोब्बर दरले तातिरहेको अवस्थामा धनगढी जस्ता सहरहरूमा जलवायु जोखिम बढ्दो छ । गर्मी मौसममा धनगढीमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गर्दछ ।

अव्यवस्थित शहरीकरण र घट्दो हरियालीका कारण सिर्जित समस्याले न्युन आय भएका परिवार र मजदुरहरूको स्वास्थ्य र जीविकोपार्जनमा ठूलो असर पु-याइरहेको सन्दर्भमा यो परियोजनाले एकीकृत शहरी ताप व्यवस्थापन समाधानका उपायहरू लागू गर्ने लक्ष्य राखेको छ ।

युएनडीपीले धनगढीमा मात्र नभई नेपालका अन्य शहरहरूका लागि पनि जलवायु-मैत्री शहरी विकासको नमूना प्रश्तुत गर्ने लक्ष्य राखेको छ । परियोजनाबाट धनगढीका करिव चार हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।