५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा अनौठो घटना: बहिनीको कंकाल बोकेर बैंक पुगे पछि…



अ+ अ-

भारतको ओडिशामा एक अनौठो घटनाले चर्चा पाएको छ, जहाँ एक व्यक्तिले आफ्नी मृत बहिनीको कंकाल बैंकमा ल्याएका छन्। ५० वर्षीय ती व्यक्तिले बहिनीको खातामा रहेको पैसा निकाल्न यस्तो गरेको भारतीय मिडियाले जनाएका छन् ।

यो घटना ओडिशाको केओँझर जिल्लाको पटना ब्लकस्थित मालिपोसी शाखा (ओडिशा ग्रामीण बैंक) मा भएको हो। जेतु मुन्डा नाम गरेका ती व्यक्तिले प्रहरीलाई बताएअनुसार बैंकका कर्मचारीहरूले खाता धारकलाई सँगै ल्याउन भनेपछि उनले यस्तो गरेका हुन्।

उनले आफ्नी जेठी बहिनी कालरा मुन्डाको खाताबाट २० हजार भारतीय रुपैयाँ निकाल्न खोजिरहेका थिए। उनकी बहिनीको मृत्यु गत जनवरी २६ मा भएको थियो।

मुण्डाले सञ्चारकर्मीहरूसँग भने, “म धेरै पटक बैंक धाएँ, तर त्यहाँका कर्मचारीहरूले खाता धारकलाई ल्याउन भने। मैले उनी मरेकी हुन् भनेर बताए पनि विश्वास गरेनन्। त्यसपछि निराश भएर मैले चिहान खनेर कंकाल निकालेर ल्याएँ, ताकि उनको मृत्यु प्रमाणित गर्न सकूँ।”

पटना प्रहरी चौकीका इन्चार्ज किरण प्रसाद साहुले बैंकले जेतुलाई सही प्रक्रिया बुझाउन नसकेको बताए। “जेतु अशिक्षित थिए, उनी जनजाति हुन्। उनलाई ‘कानुनी उत्तराधिकारी’ वा ‘नोमिनी’ भन्ने कुरा थाहा छैन। बैंकका कर्मचारीहरूले प्रक्रिया बुझाउन सकेनन्,” उनले भने।

स्थानीय ब्लक विकास अधिकृत (बीडीओ) मानस डण्डपतले यो घटनाबारे आफूले पहिलोपटक सुनेको बताए। “आज मात्रै थाहा पाएँ, अब समाधानका लागि के गर्न सकिन्छ, हेर्छौँ,” उनले भने।

घटनापछि प्रहरीले हस्तक्षेप गर्दै जेतुलाई बहिनीको खाताबाट पैसा निकाल्न सहयोग गर्ने आश्वासन दिएको छ। साथै, कंकाललाई पुनः प्रहरीको निगरानीमा चिहानमा गाडिएको भारतीय मिडियाले लेखेका छन् । एजेन्सी