१२ श्रावण २०८३, मंगलवार
,
Latest
भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ? मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको प्रस्तावः प्रमुख सचेतक बासना थापा, सचेतकमा निश्कल राई



अ+ अ-

काठमाडौँ, १४ र्वैशाखः नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतक बासना थापालाई बनउने प्रस्ताव गरेको छ ।

सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक बनाउने सहमति जुटाएको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार संसदीय दलको नेता भीष्मराज आङदेम्बेलाई बनाउने सहमतिसँगै प्रमुख सचेतकमा बासना र सचेतकमा निश्कल राईलाई बनाउने सहमति जुटेको हो ।
थापा दैलेखबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् भने राई इलाम १ बाट निर्वाचित सांसद हुन् ।

अरु सबै पार्टीले संसदीय दलको नेता चयन गरिसक्दा पनि लामो समयको रस्साकस्सीपछि कांग्रेसले भीष्मराजलाई संसदीय दलको नेता बनाउने निर्णय आज गरेको हो ।